२०८३, १ असार मंगलबार

तेमालमा उत्कृष्ठ विद्यार्थीलाई सम्मान

तेमालमा उत्कृष्ठ विद्यार्थीलाई सम्मान


तेमाल, २९ भदौं : राष्ट्रिय वालदिवसको अवसरमा तेमाल गाउँपालिकाले तेमालका उत्कृष्ट विद्यार्थीहरुलाई आज सम्मानका साथ पुरस्कृत गरेको छ । तेमालका उत्कृष्ठ विद्यार्थीलाई तेमाल गाउँपालिका अध्यक्ष सलामसिं तामाङले सम्मान गरेका हुन् ।

अध्यक्ष तामाङले उत्कृष्ट भएका विद्यार्थीहरुलाई बधाई दिंदै विद्यालयमा अध्यापनरत शिक्षकहरुले विद्यार्थीहरुको पढाईप्रति ध्यान दिनुपर्ने बताए । ‘विद्यार्थीहरुले पनि ध्यान दिएर पढ्नुपर्छ । ध्यानकेन्द्रित गरेर पढ्ने विद्यार्थीले सफलता प्राप्त गर्ने उनको भनाई थियो । चालु आर्थिक वर्षमा शिक्षालाई गुणस्तरीय बनाउन आवश्यक बजेट विनियोजन गरेको उल्लेख गर्दै अध्यक्ष तामाङले भने, हामी ‘वालमैत्री शौचालय, अपांग मैत्री विद्यालय बनाउने छौ ।’

गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि फोर जीपीए ल्याउने उत्कृष्ट विद्यार्थीलाई सम्मान र पुरस्कृत गर्ने योजना छ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले भने । पालिका अध्यक्षले अभिभावकले उठाउनु पर्ने सवाल पनि विद्यार्थीले उठाउनु सान्दर्भिक नहुने बताएका थिए । सडक निर्माणको कुरा विद्यार्थी भाइले उठाउनु भयो तर यो अभिभावकले उठाउने विषय हो, आफ्नो असहमति जाहेर गर्दै उनले भने । बोल्ने भाइबहिनीहरुले पनि बाल अधिकारभित्र रहेर मात्रै बोल्नुपर्छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईंकेलले बाल अधिकार, बाल विकास, वाल यौन हिंसा, र बालदिवसको बारेमा आफ्नो धारणा राखेका थिए । त्यसैगरी तेमाल वडा नं ८ का वडा अध्यक्ष एवं सामाजिक विकासका संयोजक लक्ष्मी घिसिङले विद्यार्थी, अभिभावक र शिक्षकमा चेतनाको विकास हुन आवश्यक रहेको बताए । कार्यक्रममा तेमाल गाउँपालिकाकै एसईई परीक्षामा उत्कृष्ट श्री कुशेश्वर माविका विद्यार्थी ज्ञानबहादुर रायमाझी सम्मानित भएका थिए । यसैगरी उत्कृष्ट जनज्योती माविका राज कुमार दोङ, नारायणस्थान माविका अञ्जली तामाङलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा तेमाल गाउँपालिका अन्तर्गतका माध्यमिक विद्यालयमा अध्ययनरत, एसइइ परिक्षा २०७५ मा उत्कृष्ट भएका छात्र छात्राहरु तथा आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षा २०७५ मा गाउँपालिकास्तरमा उत्कृष्टता हासिल गर्ने छात्र र छात्राहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङ, विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु लगायतका उपस्थिति रहेका थिए ।

सम्मान कार्यक्रममा गत सालको एसईई परिक्षाको नतिजाअनुसार तेमाल गाउँपालिका वडा नं. ९ मा रहेको श्री कुशेश्वर मावि तेमालकै उत्कृष्ट विद्यालय बन्न सफल भएको छ । कुशेश्वर माविका ज्ञानबहादुर रायमाझीले ३.४५ जीपीए ल्याई तेमालकै प्रथम बनेका थिए । दोस्रोमा कुशेश्वर माविका रंगिना लामा र जनज्योति माविका सुनिता थपलिया भए । यसैगरी तेस्रो स्थानमा भूमे माविका सज्जन तामाङ, सर्वोद्धर माविका सुरज तामाङ, नारायणस्थान माविका अञ्जली तामाङ छन् ।

चौथोमा जनचेतना माविका निश्चल तामाङ, राधाकृष्ण माविका रामशरण मैनाली रहेका छन् । पाँचौंमा जनज्योति माविका सुशिला लामा र जनचेतना माविका संगम तामाङ तथा छैंठौंमा जनज्योति माविका रमेश मैनाली र नारायणस्थान माविका सृजना श्रेष्ठ रहेका छन् ।

प्रकाशित मिति : २०७६, २९ भाद्र आईतबार  ११ : १६ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई