२०८२, २ माघ शुक्रबार

साँझसँगै टिपरको कब्जामा काठमाडौँ

साँझसँगै टिपरको कब्जामा काठमाडौँ


काठमाडौं, २८ भदाै : सडक दुर्घटना बढ्न थालेपछि काठमाडौं उपत्यकाभित्र दिउँसो टिपर चलाउन रोक लगाइएको छ। तर पनि टिपरका कारण हुने दुर्घटनामा कमी आएको छैन। ०७५ असारमा गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई दिउँसो टिपर चलाउन नदिन निर्देशन दिएको थियो। गृहको निर्देशनअनुसार अहिले राति ७ बजेदेखि बिहानसम्म ७ बजेसम्म मात्रै रिङरोडभित्र टिपरले प्रवेश पाउँछन्।

निर्माण कार्यका लागि उपत्यकाबाहिरबाट रोडा, बालुवा, इँटा र ढुंगा बोकेका टिपर बिहान ७ बजेदेखि बेलुकी सात बजेसम्म उपत्यका भित्रिने नाकाममै रोकिने गरेका छन्। साँझ ७ बजेपछि ती टिपर अन्धाधुन्ध गतिमा हुइँकिन्छन्।

नेपाल यातायात व्यवसायी महासंघ मालवाहक सेक्टरका अनुसार काठमाडौं उपत्यकामा दैनिक २ हजार हाराहारीमा टिपर भित्रिने गरेका छन्। धादिङको बेल्खुबाट बालुवा बोकेर आउने थानकोटबाट उपत्यका भित्रिन्छन्। काभ्रेको बनेपा हुँदै रोडा र बालुवा बोकेर आउन टिपर साँगाबाट भित्रिने गरेका छन्।

उपत्यका भित्रिएपछि चालकहरू होसियार नभएकै कारण दुर्घटना बढेको यातायात इन्जिनियर आशीष गजुरेल बताउँछन्। उनका अनुसार उपत्यकाबाहिर जुन तरिकाले टिपर चलाइन्छ यहाँ पनि यति तरिकाले चलाउँदा दुर्घटना घट्न सकेका छैनन्।

प्रकाशित मिति : २०७६, २८ भाद्र शनिबार  ६ : ५८ बजे

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति