२०८३, ८ कार्तिक आईतबार

घुस लिएको आरोपमा मुद्दा, नेपालथोकका प्रहरी समातिए

घुस लिएको आरोपमा मुद्दा, नेपालथोकका प्रहरी समातिए


बर्दिया, २२ भदौं : उपभोक्ता समितिको काठ मिलमा चिरान सिफारिश गरेवापत सेवाग्राहीसँग रु १० हजार घुस लिएको अभियोगमा सहायक वन अधिकृत अनिलकुमार गुप्ता विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँसगढी सवडिभिजन वन कार्यालय बर्दियामा कार्यरत गुप्तालाई सेवाग्राहीसँग घुस लिएको अभियोगमा मुद्दा दायर गरेको हो ।

शुक्रबार सहायक वन अधिकृत गुप्तालाई अख्तियारको टोलीले बाँसगढी नगरपालिका ७ देउडाकलाबाट १० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।

उपभोक्ता समितिको काठ मिलमा चिरान सिफारिस गरेवापत सेवाग्राहीसँग घुस रकम मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगंजको टोलीले गुप्तालाई पक्राउ गरेको हो ।

त्यसैगरी वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको नेपालथोक, दुम्जामा कार्यरत अस्थायी ट्राफिक प्रहरी पोस्टका प्रहरी सहायक निरीक्षक श्यामबहादुर माझीलाई रु १० हजार घुस लिएको आरोपमा पक्राउ गरिएको छ । उक्त अस्थायी ट्राफिक प्रहरी पोस्ट काभ्रे र सिन्धुलीको सीमा नजिक रहेको छ । प्रहरी सहायक निरीक्षक माझी माथि काठमाडौँबाट सिन्धुली हुँदै बाहिरिने सवारीसाधनका चालकबाट घुस लिएको आरोप लागेको छ ।

यस्तै आयोगले महोत्तरी जिल्ला अदालतमा कार्यरत नापी सर्वेक्षक मोहन यादवविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । यादवलाई जिल्ला अदालतमा दर्ता भएको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग रु एक लाख ५० हजार घुस लिएको अभियोग लागेको छ । जग्गाको किचलो मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा यादवलाई आयोगको टोलीले केही दिनअघि पक्राउ गरेको थियो । बिगोअनुसारको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।

–––

प्रकाशित मिति : २०७६, २२ भाद्र आईतबार  ८ : ३३ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना