२०८२, ३ माघ शनिबार

चरम असन्तुष्टिका बीच आदिवासी जनजाति समन्वय परिषद काभ्रेको सम्मेलन सम्पन्न

चरम असन्तुष्टिका बीच आदिवासी जनजाति समन्वय परिषद काभ्रेको सम्मेलन सम्पन्न


बनेपा, २१ भदौ : काभ्रेको आदिवासी जनजाति समन्वय परिषदको सम्मेलन चरम असन्तुष्टि र आलोचनाका बीच आज शनिबार सम्पन्न भएको छ । सम्मेलनमा लामो समय नेतृत्वमा रहेका व्यक्तित्वहरुले परिषदलाई गतिशील ढंगले सञ्चालन नगरी आफ्ना आसेपासेहरुलाई जातीय संगठनमा समेट्दै नेतृत्व ओगट्दै आएको आरोप समेत लगाइएको छ । राज्यको संरचनाअनुसार पछिल्लो समय काभ्रेका १३ स्थानीय तहमा नै आदिवादी जनजाति महासंघ गठन गरिएसँगै महासंघलाई जुझारु ढंगले सञ्चालन गर्नुपर्ने धारणा सहभागीहरुले राखेका थिए ।

आदीवासी जनजाति जिल्ला समन्वय परिषद काभ्रेमा विभिन्न ८ वटा जातीय संगठनहरु आवद्ध रहेका छन् । सम्मेलनमा सहभागी भएर पनि असन्तुष्टि जाहेर गर्नेहरुले महासंघको विधान नै समयानुकुल नभएको र एकात्मक ढंगले सञ्चालन हुने गरेको गुनासो गरे । ‘त्यही भएकाले प्रतिनिधीमुलक हाम्रो सम्मेलनमा सहभागी भएको भए पनि कार्यसमितिमा समावेश भएका छैनौं,’ नेपाल तामाङ घेदुङका काभ्रे अध्यक्ष फूर्साङ तामाङले भने । विधान नै समानुपातिक र समावेश हुनुपर्ने घेदुङको माग रहेको छ । राज्यको सबै निकायमा समानुपातिक र समावेशी प्रतिनिधित्वको ग्यारेण्टी हुनपर्ने आवाज उठाउनेहरुको संस्थामा नै त्यस्तो देखिएन । ंत्यसैले त्यस्तो एकात्मक विधान संशोधन नभएसम्म नेपाल तामाङ घेदुङ संलग्न हुँदैन,’ अध्यक्ष तामाङले खबरघरसँगको फोन सम्वादमा भने । महासंघ सबै आदिवासी जनजाति समुदायको हित र उत्थानको लागि हुनुपर्दथ्यो । तर त्यस्तो देखिएको छैन । यो कुनै निश्चित व्यक्तिको स्वार्थपूर्ती गर्ने थलो र व्यक्ति केन्द्रित भएको समेत उनीहरुको आरोप छ ।

जनजाति महासंघ काभ्रेलाई एउटै व्यक्तिले ८ वर्ष र अर्कोले ७ वर्ष चलाएको प्रति पनि सम्मेलनमा गुनासो गरिएको थियो । विधानमा पलैपालो चलाउनेभन्दा आफ्नो अनुकुल हुँदा विधान नपल्टाइएको र अहिले विधान देखाएको प्रति नेपाल तामाङ घेदुङले आपत्ति जनाएको छ । यस अघि कान्छाराम तामाङले ८ वर्ष र अर्का गोपलकृष्ण दनुवारले ७ वर्ष महासंघको नेतृत्व गरेका थिए । तामाङ घेदुङले फिर्ता बोलाउँदा पनि कान्छाराम तामाङ फिर्ता नआएको उनीहरुको बुझाई थियो । महासंघको लेटरप्याडको दुरुपयोग गरिएको, रसिद, जग्गाको लालपूर्जा लुकाइएको समेत आरोप नेतृत्वमाथि लगाइएको छ ।

काभ्रेमा मगर, तामाङ, नेवार, गुरुङ, माझी, पहरी, भूजेल र दनुवारको गरी ८ वटा जातीय संगठनहरु रहेका छन् । महासंघको केन्द्रीय अध्यक्ष जगत बरामको प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा संघीय सांसद गंगाबहादुर दोङ विशिष्ट अतिथीको रुपमा सहभागी भएका थिए । त्यस्तै प्रदेश संयोजक काजीमान थिङ, नेकपाका नेता ईन्द्र तामाङ लगायतको सहभागिता रहेको सम्मेलनले लेखराज सारुमगरको अध्यक्षमा २ पदाधिकारी पछि थप गर्ने गरी १५ सदस्यीय जिल्ला समन्वय परिषद गठन गरेको छ । जसको उपाध्यक्षमा शुरेस भूजेल, लक्ष्मी दनुवार, सचिवमा विश्वनाथ ताम्राकार, कोषाध्यक्ष कुलबहादुर गुरुङ, सहसचिव कृष्ण पहरी लगायत रहेका छन् ।

प्रकाशित मिति : २०७६, २१ भाद्र शनिबार  ११ : ४३ बजे

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति