२०८३, ११ बैशाख शनिबार

टेलिकमको मोबाइल सेवामा समस्या देखिने

टेलिकमको मोबाइल सेवामा समस्या देखिने


काठमाडौं, २१ भदौ : नेपाल टेलिकमले शनिबार रातिदेखि जीएसएम मोबाइल सेवामा समस्या देखिन सक्ने बताएको छ । कम्पनीले आफ्नो सेवालाई फोरजीमा अपग्रेड गर्न लागेकाले त्यसका कारण सेवामा समस्या देखिन सक्ने टेलिकमले जनाएको हो ।

हाल टेलिकमको फोरजी सेवा विस्तारको काम भइरहेको छ । आगामी माघसम्म देशभर नै फोर-जी सेवा विस्तार गर्ने गरी चिनियाँ कम्पनीहरुले काम गरिरहेका छन् ।

कम्पनीले तत्कालै मुख्य शहररुमा फोरजी सेवा विस्तारका लागि विभिन्न प्राविधिक कामहरु गरिरहेको छ । यसैक्रममा मोबाइल सेवा प्रभावित हुन सक्ने टेलिकमको भनाइ छ ।

शनिबार राति ११।३० बजेबाट मोबाइल सेवामा केही समस्या देखिन सक्ने कम्पनीले बताएको छ । सिस्टम अपग्रेड हुँदा सेवामा कुनै समस्या आए मोबाइल अफ गरेर पुनः अन गर्न कम्पनीले सुझाव दिएको छ ।

यो सेवा अपग्रेड गर्दा देखिने समान्य समस्या भएकाले सकारात्मक सहयोग गर्न टेलिकमले आम ग्राहकसँग आग्रह गरेको छ ।

 

 

प्रकाशित मिति : २०७६, २१ भाद्र शनिबार  ७ : ०३ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले