२०८२, ३ माघ शनिबार

थिमीको हनुमन्तेमा दुई टन फोहर सङ्कलन

थिमीको हनुमन्तेमा दुई टन फोहर सङ्कलन


थिमी, २१ भदौँः हनुमन्ते सफाइ अभियानको ८०औँ हप्तामा आज मध्यपुरथिमि नगरपालिका–३ कौशलटारदेखि गठ्ठाघरसम्मको सडक सरसफाइ गरिएको छ । सूर्यविनायक नगरपालिकाको नेतृत्वमा भएको सफाइ अभिायनको क्रममा कौशलटारदेखि गठ्ठाघरसम्मका सडकमा रहेको फोहर सङ्कलन गर्नुका साथै भित्तामा कुरुप हुने गरी टाँगिएका ब्यानर एवं फ्लेक्सप्रिन्ट हटाइएको छ ।

अभियानमा जिल्लाका विभिन्न सङ्घसंस्था, नगरपालिका, अभियन्ता, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोलीको सहभागिता रहेको र सफाइ अभियानमा दुई टन फोहर सङ्कलन गरिएको छ । विसं २०७५ देखि हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै शुरु भएको अभियानमा अहिलेसम्म करीब ७०० टनभन्दा बढी फोहर सङ्कलन गरिएको अभियन्ताले बताएका छन् । RSS

प्रकाशित मिति : २०७६, २१ भाद्र शनिबार  ६ : ५४ बजे

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति