२०८३, ७ कार्तिक शनिबार

बोरामा हाली कोसीमा मिल्काएको अभियोगमा नेकपाका नेता थुनिए

बोरामा हाली कोसीमा मिल्काएको अभियोगमा नेकपाका नेता थुनिए


काठमाडौं, २० भदौ । गाउँकी एक महिलाको ज्यान मार्ने प्रयास गरेको मुद्दामा सप्तरी जिल्ला अदालतले नेकपाका नेता शेख कलिमुल्लाहलाई थुनामा राख्न आदेश दिएको छ। कलिमुल्लाह नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रौतहटका नेता हुन् । उनलाई शुक्रबार पूर्पक्षका लागि जेल चलान गरिएको हो ।

जेल चलान गरिएका शेख स्थानीय तहको निर्वाचनमा गरुडा नगरपालिकाको मेयर पदमा तत्कालिन नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका थिए । अहिले उनी नेकपाको साधारण सदस्य रहेका छन् ।

रौतहटको गरुडा नगरपालिका–८ का शेखसहितले २८ वर्षअघि स्थानीय बकरिल खातुनलाई ज्यूँदै बोराभित्र राखी बाँधेर सप्तरीको रम्पुरा मल्हनियाँबाट कोसी नदीमा फालेको अभियोग लगवाउँदै उनीविरुद्ध मुद्धा दायर गरिएको थियो । उनी आफ्ना कानून व्यवसायी मार्फत् घट्ना भएको २८ वर्षपछि अदालतमा हाजिर भएका थिए ।

२०५८ साल भदौ ५ गते राति १२ बजेतिर कोसी नदीमा फालिएका खातुनलाई दाउरा खोज्न गएका स्थानीयले ज्यूँदै उद्धार गरेका थिए ।

कानुन व्यवसायीसहित उपस्थित भए पनि अदालतले उनलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिए बमोजिम राजविराज कारागारमा पठाइएको सप्तरीका प्रहरी प्रमुख कृष्ण प्रसाइले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७६, २० भाद्र शुक्रबार  ७ : ३५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना