२०८३, ८ कार्तिक आईतबार

प्रधानमन्त्री ओलीले फलफूलको विरुवा रोप्दै भने ‘फलजति जनतालाई, फूल जति देशलाई’

प्रधानमन्त्री ओलीले फलफूलको विरुवा रोप्दै भने ‘फलजति जनतालाई, फूल जति देशलाई’


प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई मन पर्ने फलफूलको विरुवा रोप्दै एक नेपाली, एक विरुवा अभियानको सुरुवा गरेका छन् । मंगलबार ओलीले मन पर्ने फलफूल लिची र एभोकाडो राेपेका हुन् । विश्व वातावरण दिवसका अवसरमा एक नेपाली एक फलफूल विरुवा रोप्ने अभियान आरम्भ गर्दै ओलीले आफूलाई मन पर्ने दुई फलफूलका विरुवा रोपे । सिंहदरबारको खाली जमिनमा उनले लिची र एभोकाडो रोप्दै भने ‘फलजति जनतालाई फूल जति देशलाई ।’

जमिन बाँझो नराख्ने र फलफूलमा आत्मनिर्भर बन्ने अभियानको थालनी गर्दै ओलीले हरेक नेपालीले आफ्नो घर वरपरको खाली जमिनमा एउटामात्र फलफूल रोपे पनि देश आत्मनिर्भर बन्न सक्ने बताए । उनले यसबाट इकोसिस्टममा पनि सघाउ पुग्ने बताए । यो अभियानका क्रममा एकै दिनमा एक लाख भन्दा बढी फलफूलका विरुवा रोपिएका छन् । देशभरका सैनिक ब्यारेकमा पनि फलफूलका विरुवा रोपिएको रक्षा मन्त्रालयले जनाएको छ ।

विरूवा राेप्दै प्रधानसेना पति राजेन्द्र क्षति

फलफूल रोप्ने अभियान यो वर्षभरीनै चल्ने र सबै नेपालीलाई यो अभियानमा लाग्न आह्वान गरिएको प्रधानमन्त्रीको प्रेस संयोजक चेतन अधिकारीले बताए । जुन ठाउँमा जुन फलफूल लाग्छ सोही विरुवा रोप्न आह्वान गरिएको छ ।

विरूवा राेप्दै अर्थमन्त्री युवराज खतिवाड

प्रकाशित मिति : २०७५, २२ जेष्ठ मंगलबार  २ : १९ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना