२०८२, ३ माघ शनिबार

ललिता निवासका सबै मोही ‘नक्कली’

ललिता निवासका सबै मोही ‘नक्कली’


काठमाडौं, भदौ १८ : बालुवाटारको ललिता निवासस्थ्ति जग्गामा खडा गरिएका सबैजसो मोही ‘शंकास्पद’ फेला परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालसम्मको अनुसन्धानबाट २०७१ सालपछिका मोहीहरु नक्कली रहेको निष्कर्ष निकालेको छ । ललिता निवासबारे छानबिन गरेको पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको समितिले समेत यस्तै निष्कर्ष निकालेको थियो ।

तत्कालिन राजा महेन्द्रले जननिर्वाचित सरकार ढाल्ने अनि प्रजातान्त्रिक आन्दोलनमा लागेका नेताहरुको सम्पत्तीसमेत जफत गर्ने सुइँको पाएपछि सुवर्णशमशेरले बालुवटारको जग्गा पत्नीसहित आफ्ना सन्तानलाई दिएका थिए । सुवर्णशमशेरले २०१७ असार ३० गते ५७ रोपनीका दरले श्रीमती स्वेतप्रभासहित छोरा र बुहारी गरी पाँच जनालाई सम्पत्ती बकपत्र गरिएका हुन् ।

बाँकी रहेको १४ रोपनी ११ आना जग्गा मात्रै आफ्नो नाममा राखेका थिए । गृह मन्त्रालयका अनुसार सरकारबाट जफत भएको जग्गा १४ रोपनी ११ आना मात्रै देखिन्छ । यो समाचार कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, १८ भाद्र बुधबार  ६ : ५८ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको