२०८२, २६ फाल्गुन बुधबार

गाउँपालिकाले घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण

गाउँपालिकाले घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण


चरिकोट, १७ भदौ दोलखाको वैतेश्वर गाउँपालिकाले गाउँपालिकाभित्र रहेका ३११ अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । गाउँपालिकाका सबै वडामा घुम्ती शिवर सञ्चालन गरी सबै प्रकृतिका अपाङ्गता भएका व्यक्तिको पहिचान गरी परिचयपत्र वितरण गरेको गाउँपालिका अध्यक्ष रविचन्द्र आचार्यले जानकारी दिनुभयो ।

गाउँपालिकाभित्रका सबै वडाबाट ‘क’ वर्गका ३९, ‘ख’ वर्गका ८५, ‘ग’ वर्गका १०६ र ‘घ’ वर्गका ८१ लाई परिचयपत्र वितरण गरेको उहाँले बताउनुभयो । सोमबार गाउँपालिकाको अस्थायी कार्यालय मेघेचौरमा शिविर आयोजना गरेको थियो । शिविरबाट ‘क’ वर्गका नौ, ‘ख’ वर्गका १५, ‘ग’ वर्गका १६ र ‘घ’ वर्गका १५ गरी कूल ५५ जनाले अपाङ्गता परिचयपत्र लिएका छन् ।

अपाङ्गता भएका व्यक्तिलाई कार्ड बनाउनका लागि गाउँपालिकासम्म धाउनका लागि गाह्रो हुने भएका कारण उनीहरुलाई सहज गराउन टोल–टोलमै पुगेर परिचयपत्र कार्ड वितरण गरेको अध्यक्ष आचार्यले बताउनुभयो । रासस

प्रकाशित मिति : २०७६, १७ भाद्र मंगलबार  ७ : ०७ बजे

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा