२०८३, २ असार बुधबार

सुनसरीमा हात्तीको आक्रमणबाट मृत्यु

सुनसरीमा हात्तीको आक्रमणबाट मृत्यु


इनरुवा, १५ भदौ : सुनसरीको कोशी गाउँपालिका–३ मा हात्तीको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय अनमोल मुखिया रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय खरेखोलामा माछा मार्ने क्रममा कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले आक्रमण गरेपछि मुखियाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिनुभयो । तीन दाजुभाइसँगै माछा मारिरहेका बेला आरक्षबाट आएको हात्ती देखेपछि दुई भाग्न सफल भएका र अनमोल हिलोमा भेटिएको अवस्थामा हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो । मृतक अनमोलको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : २०७६, १५ भाद्र आईतबार  ६ : ११ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई