२०८३, २६ असार शनिबार

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, स्थानीयस्तरमा सूचना राजमार्ग सहित रसुवागढी–लुम्बिनी रेलमार्गलाई विशेष प्राथमिकता

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, स्थानीयस्तरमा सूचना राजमार्ग सहित रसुवागढी–लुम्बिनी रेलमार्गलाई विशेष प्राथमिकता


काठमाडौं । आज सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा आगामी पाँच वर्षभित्रमा प्रतिव्यक्ति आय दोब्बर बनाउने लक्ष्य ओली सरकारले लिएको छ । आगामी १० वर्षमा नेपाललाई मध्यमस्तरको मुलुकमा रुपान्तरण गर्ने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम राष्टपति विद्यादेवी भण्डारीले पेश गर्नुभएको थियो । उहाँले दोहोरो अंकको आर्थिक वृद्धि गर्ने लक्ष्यलाई प्राथमिकतामा राखी अगाडि बढाइने उल्लेख गर्नुभएको छ ।

नीति तथा कार्यक्रममा दिगो विकासको लक्ष्यलाई पूरा गर्ने, असमानता कम गर्ने, अवसरमा समानता सहित कृषि, उर्जा, उद्योग र पर्यटनलाई आर्थिक विकासका संवाहकको रुपमा अगाडि बढाउन सरकारले जोड दिने बताउनु भएको छ । नीति तथा कार्यक्रममा उल्लेख गरिएअनुसार सरकारी निजी तथा सहकारी साझेदारीमा विकासलाई प्रमुख आधारको रुपमा विकास गरिनेछ । बहरी क्षेत्रलाई हरित शहरको रुपमा विकसित गरिनेछ । त्यसैगरी जैविक विविधताको संरक्षण गर्दै नदी किनाराको संरक्षण र संवद्र्धनमा जोड दिइने तथा राष्टपति चुरे संरक्षण कार्यक्रमलाई प्रभावकारी बनाइने उल्लेख गरिएको छ । स्वच्छ खानेपानीको उचित प्रवन्ध मिलाइने, सबै समय विद्युत सेवा उपलब्ध गराउने र विद्युत प्रशारण लाइनको निर्माण र विस्तारलाई प्राथमिकतामा राखी अगाडि बढाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

पाँच वर्षमै तराईलाई काठमाडौमा जोड्ने दु्रत मार्ग र मध्यपहाडी राजमार्गको निर्माण सम्पन्न गर्ने पनि सरकारको लक्ष्यभित्र समावेश छ । कार्यक्रममा मदनभण्डारी राजमार्ग निर्माणमा जोड दिइने उल्लेख गरिएको छ । नीति तथा कार्यक्रममा रसुवागढी, काठमाडौं, पोखरा, लुम्बिनी रेलमार्ग निर्माणलाई प्रमुख पाथमिकतामा राखी अगाडी बढाइने ओली सरकारले आफ्नो लक्ष्यमा समावेश गरेको छ । त्यसैगरी स्थानीयस्तरमा समेत सूचना राजमार्गको विस्तार गरने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यसैगरी भुकम्पबाट क्षतिग्रस्त ऐतिहासिक पुरातान्विक सम्पदाहरुको पुनर्निमाणलाई अगामी तीन वार्षभित्रमा पूरा गरिने र पुनर्निमाण कार्यलाई सरल बनाई तीब्रता दिएर निजी आवास निर्माणलाई एबवर्षमा पूरा गर्ने लक्ष्य सरकारले लिएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७५, ७ जेष्ठ सोमबार  ८ : ४९ बजे

बझाङ दुर्घटना अपडेट : तीन जनाको मृत्यु, पाँच घाइते, उद्धारमा हेलिकोप्टर

धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा शनिबार भएको

बझाङ जिप दुर्घटना : उद्धारका लागि हेलिकोप्टर तयारीमा, सांसद ऐन महरको पहल

काठमाडौं । बझाङको केदारस्युँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा शनिबार दिउँसो

कर्णालीमा खसेको गाडीका चालक ९ दिनपछि मृत फेला

काठमाडौं । दैलेखको कर्णाली नदीमा खसेर बेपत्ता भएको गाडीका चालक

बुद्धनगरमा आत्मदाह प्रयास गरेका आश्विन राउतको उपचारकै क्रममा वीर अस्पतालमा निधन

काठमाडौं। काठमाडौं महानगरपालिका–१० बुद्धनगरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका ४५

कीर्तिपुर होल्डिङ सेन्टर डुबानमा, विस्थापितलाई स्मृति भवनमा सारियो

काठमाडौं । अविरल वर्षापछि आएको बाढीले कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा