२०८३, १९ आश्विन मंगलबार

दोलखा ६७ औँ खुला दिसामुक्त जिल्ला

दोलखा ६७ औँ खुला दिसामुक्त जिल्ला


चरिकोट १२ भदौ : आवश्यक पर्ने सूचक पूरा गर्दै दोलखालाई आज खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । खानेपानीमन्त्री बीना मगरले नेपालको ६७ औँ जिल्लाका रुपमा दोलखालाई खुला दिसामुक्त भएको प्रमाणपत्र जिल्लास्तरीय खानेपानी सरसफाइ स्वच्छता समन्वय समितिका अध्यक्ष डवल पाण्डेलाई हस्तान्तरण गर्नुहुँदै सो घोषणा गर्नुभएको हो ।

घोषणा समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री मगरले नेपालका ७७ वटै जिल्ला असोज महीनाभित्र खुला दिसामुक्त जिल्ला घोषणा गरी सक्ने गरी काम भइरहेको र दक्षिण एशियामा नै पहिलो राष्ट्रका रुपमा खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने तयारीमा रहेको बताउनुभयो । स्वच्छ खानेपानी सबै नागरिकको मैलिक हक भएको र त्यसको व्यवस्थापनका लागि आफूले आवश्यक अध्ययन गरी काम शुरु गरेको उहाँको भनाइ थियो । 

भूकम्पले क्षति पुगेको दोलखाका विभिन्न ठाउँको खानेपानी योजनाको पुनःनिर्माण र सहज तरिकाले खानेपानीको व्यवस्था मिलाउन आफू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । ‘खुला दिसामुक्त दोलखा जिल्लावासीको सान, दोलखा जिल्लालाई पूर्ण सरसफाइयुक्त बनाउने हाम्रो अभियान’ भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा जिल्लास्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका प्रमुख पाण्डेले जिल्लाका सबै गाउँपालिका खुला दिसामुक्त घोषणा भइसकेका बताउनुभयो । 

सांसद पार्वत गुरुङले खुला दिसामुक्त जिल्ला घोषणा भएकामा खुशी व्यक्त गर्नुहुँदै चेतनास्तर वृद्धि भई जिल्ला समृद्धिका यात्रामा लागेको बताउनुभयो । पूर्वपर्यटन संस्कृति तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेल, पूर्वराज्यमन्त्री देवी खड्का, प्रदेश सदस्यद्वय पशुपति चौलागाईं र विशाल खड्कालगायतले सभालाई सम्बोधन गर्नुभएको थियो ।  रासस

प्रकाशित मिति : २०७६, १२ भाद्र बिहीबार  ६ : ५० बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि