२०८३, २ असार बुधबार

काठमाडौंमा भर्खरै भयो दुःखद घटना ३ को मृत्यु, ३ घाईते

काठमाडौंमा भर्खरै भयो दुःखद घटना ३ को मृत्यु, ३ घाईते


काठमाडौ, ८ भदौ । काठमाडौंको सिनामंगलमा ट्रिफरले एकैपटक ३ वटा मोटरसाइकललाई ठक्कर दिंदा ३ जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् ।

आइतबार साँझ तीनकुनेबाट गौशालातर्फ जाँदै गरेको टिप्परले तीन वटा मोटरसाइकलाई ठक्कर दिएर भागेको थियो । बा ३ ख ४३१६ नम्बरको ट्रिपरले ३ वटा बाईकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्रिपरको ठक्करबाट ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो । घट्नामा ३ जना गम्भीर घाईते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, तीब्र गतिमा रहेको टिप्परले बा ८५ प ५६९, ज.४३ प. ९७५३ नम्बरको मोटरसाईकल र नम्बर नखुलेको अर्को मोटरसाईकललाई ठक्कर दिएको थियो । घाइतेहरुमध्ये एकको सिभिल अस्पतालमा उपचार भइरहेको छ भने २ जनाको केएमसी अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने टिपर भागेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । तर, तत्काल खोजीमा खटिएको प्रहरी वृत्त, गौशलाले बा ३ ख ४३१७ नम्बरको शंकास्पद टिपरलाई नियन्त्रणमा लिइसकेको महानगरीय ट्राफिक महाशाखा, रामशाहपथका प्रमुख एसएसपी वसन्त पन्तले बताए । मृत्यु र घाइते हुनेको नाम खुलेको छैन ।

प्रकाशित मिति : २०७६, ८ भाद्र आईतबार  ११ : ०१ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई