२०८२, ३ माघ शनिबार

काभ्रेको तेमालमा आज कुलमान घिसिङ आउँदै

काभ्रेको तेमालमा आज कुलमान घिसिङ आउँदै


धुलिखेल, ७ भदौ : काभ्रेको नेमाल गाउँपालिकामा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तेमाल आउने भएका छन् ।

तेमालमा तेमाल सामुदायिक ग्रामीण विद्युतीकरण सहकारी संस्थाको आयोजनामा वितरण गर्न लागिको विद्युतीय चुलो वितरण कार्यक्रममा घिसिङ आउने भएका हुन् । सहकारी संस्थाका अध्यक्ष सार्कीमान तामाङका अनुसार तेमालमा पहिलो चरणमा ३ सय ८४ घरधुरीमा विद्युतीय चुलो वितरण गरिने तयारी भएको छ ।

०६४ सालमा शुरु भएको तेमाल विद्युतीकरण कार्यक्रममा काठे पोलहरुका कारण विद्युत सेवा प्रवाह अबरुद्ध हुँदा उपभोक्ताहरुले सास्ती खेप्दै आएका छन् । हाल वितरण गर्न लागिएको चुलोलाई उपभोक्ताले ६ हजार ७ सय रुपियाँ शुल्क बुझाउनु पर्छ । यो शुल्कमा सबै ग्राहकले १ हजार १ सय रुपियाँ कुपनमार्फत छुट प्राप्त गर्नेछन् । चुलोका सेटसँगै १ कुकर, १ कराई र १ ताप्के पनि उपभोक्ता पाउनेछन् ।

सहकारीले चुलोका उपभोक्ता १० रुपियाँ प्रतिमहिना महसुल मिनाहा गर्ने जनाएको छ । यो शुल्क ग्राहकलाई ६ महिनासम्म मात्रै छुट गर्ने संस्थाका अध्यक्ष तामाङले बताएका छन् । तेमाल सामुदायिक विद्युत सहकारी संस्थाले व्यहोर्ने १० रुपियाँ सहित अन्य सहयोगी संस्था समेतको सहयोगमा चुलोका ग्राहकले प्रति महिना १ सय ५० रुपियाँ छुट प्राप्त गर्नेछन् ।

अधिकांश लोड सेण्टरहरुमा ५० के.भि.ए. क्षमताको ट्रान्सफरमरहरु भएकाले ग्राहक संख्याका आधारमा त्यसलाई १०० केभिए क्षमतामा रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको सहकारीका सचिव ईन्द्रमान तामाङले बताए । हाल तेमालमा ५० केभिए क्षमताको ट्रन्सफरमर २० समेत गरी जम्मा ३३ वटा ट्रान्सफरमर (लोडसेण्टर) अन्तर्गत ५ हजार ५ सय सेवाग्राही रहेका छन् ।

ग्राहक संख्या हरेक साल थपिरहँनाले समस्याहरु पनि थपिंदै जाने गरेकाले पनि ट्रान्सफरमरको क्षमता वृद्धि गर्नु परेको हो, संस्थाका सचिव तामाङले बताए । यसैगरी काठको पोल विस्थापित गर्नका लागि समुदायबाट सामुदायिक संस्थामा आवद्ध रहेका ग्राहकहरुले हाल व्यहोर्नुपर्ने १० प्रतिशत वापतको हुन आउने रकम रु १ करोड ६० लाख संकलन गर्न समस्या भएको संस्थाका अध्यक्ष सार्कीमान तामाङ बताउँछन् ।

समग्र तेमालको विद्युतीकरण कार्यक्रम सम्पन्न गर्नका लागि विदेशी सहयोगी संस्था ‘साथसाथै नेपाल’ नेदरल्याण्डबाट ४९ लाख ४४ हजार, तत्कालिन तेमालका ७ वटा गाउँ विकास समितिहरुबाट ४९ लाख, जिल्ला विकास समिति काभ्रेबाट ५ लाख र सांसद विकास कोषबाट ४ लाख १५ हजार अनुदान सहयोग रहेको यो कार्यक्रममा समुदायबाट १ हजार ९ सय १३ रुपियाँ तत्कालिन ठूलोपर्सेल गाउँ विकास समिति बाहेकबाट संकलन भएको थियो ।

प्रकाशित मिति : २०७६, ७ भाद्र शनिबार  ८ : १५ बजे

एमाले सचिवालय बैठक सुरु, प्रतिनिधिसभा उम्मेदवार टुंग्याउने तयारी

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।

कांग्रेसमा एकताको दबाबः देउवालाई ‘अभिभावक’ बनाउँदै नेतृत्व सुदृढीकरणको प्रयास

काठमाडौं । नेपाली कांग्रेसमा पार्टी एकता कायम राख्ने दबाब बढ्दै

भक्तपुरमा छोराद्वारा आमाको हत्या, अभियुक्त डिप्रेसनका बिरामी

भक्तपुर । भक्तपुरमा डिप्रेसनका बिरामी छोराले आफ्नै आमाको धारिलो हतियार

घ्याङलेख बैंक डकैतीमा संगठित गिरोह पर्दाफास, ७ पक्राउसहित २ करोड ६६ लाख रुपैयाँ बरामद

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका-२ हायुटारस्थित नेपाल एसबिआई बैंक शाखामा

प्रतिनिधि सभा निर्वाचनका लागि एमाले उम्मेदवार टुंग्याउन सचिवालय बैठक आज

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका