२०८३, २९ श्रावण शनिबार

काभ्रेको रोशी १२ र ११ उज्यालो बन्ने भो

काभ्रेको रोशी १२ र ११ उज्यालो बन्ने भो


धुलिखेल, ६ भदौ । काभ्रेको रोशी गाउँपालिका वडा नं. १२ को सबै र ११ का केही बस्तीहरुमा अनेकन चुनौतीका बीच केन्द्रीय विद्युत प्रशारण लाईन विस्तार कार्य अन्तिम चरणमा पुगेको छ । रोशी गाउँपालिकाको वडा नं. १२ र ११ का समुदायको विद्युतमा पहुँच विस्तार भएसँगै यी दुई वडा उज्यालो बन्ने भएका छन् ।

नयाँ किरण विद्युत सहकारी संस्थामार्फत विद्युत सेवा विस्तार गरिएको उक्त क्षेत्रमा विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्र बनेपाले आगामी ११ गते बुधबार परीक्षण प्रशारण गर्ने तयारी गरेको छ । नेपाल विद्युत प्राधिकरणको सामुदायिक ग्रामीण विद्युतीकरण विभाग अन्तर्गत सेवा विस्तार गरिएको काभ्रे जिल्ला साविक भिमखोरी गाउँ विकास समितिको पहिलो चरणमा सम्पन्न भएको क्षेत्रमा विद्युत सेवा वितरण गर्न लागिएको हो । त्यसका लागि तेमाल सामुदायिक ग्रामीण विद्युतीकरण सहकारी संस्था लि.को सेवा क्षेत्रभित्र पर्ने टेकानपुरमा ट्यापिङको अन्तिम तयारी भएको छ ।

आज शुक्रबार उक्त संस्थाको तेमाल गाउँपालिका वडा नं. १ मा रहेको आधाबाटमा टिओडी मिटर जडान कार्य सम्पन्न भइसकेको नयाँ किरण विद्युत सहकारी संस्थाका अध्यक्ष चन्द्रमाया तामाङले बताएकी छिन् । उनकाअनुसार संस्थाको सेवा क्षेत्रको बाँकी रहेको भू–भागको विद्युतीकरणका लागि लगत्तै काम शुरु हुनेछ ।

नयाँ किरण विद्युत सहकारी संस्थाले विद्युत सेवा विस्तार गर्नका लागि सम्बन्धित उपभोक्तालाई हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गरी सार्वजनिक सूचना जारी गरेको छ । विद्युत तार भए आसपासका विरुवाहरु कटान गर्न बाँकी भए रुख विरुवा काटेर सघाइदिनु हुन पनि अपील गरेको छ ।

प्रकाशित मिति : २०७६, ६ भाद्र शुक्रबार  १० : ५२ बजे

एमालेको रूपान्तरण बहसमा ओलीको कडा असन्तुष्टि, ‘हुल्याहाहरूको हुलदङ्गा’ भन्दै चेतावनी

इलाम । नेकपा एमालेभित्र नेतृत्व र संगठन पुनर्गठनको बहस चर्किरहेका

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका