२०८३, २९ श्रावण शनिबार

गायत्री मन्त्रको अर्थ थाहा छ ?

गायत्री मन्त्रको अर्थ थाहा छ ?


धेरैलाई गायत्री मन्त्र आउँछ । नआए पनि रेडियो तथा टेलिभिजनका धार्मिक कार्यक्रममा सुन्नु भएकै होला । तर गायत्री मन्त्रको अर्थ सवैलाई थाहा नहुन सक्छ ।
पहिले पहिले व्रतबन्ध गरेका ब्राह्मण र क्षेत्रीहरूले मनमनै गायत्री मन्त्र पढ्ने गर्थे । गायत्री मन्त्र अरुलाई सुनाउनु हुँदैन भन्ने गरिन्थ्यो । अचेल गायत्री मन्त्र गोप्य रहेन । यत्रतत्र गायत्री मन्त्र बजाइने गरेको पाइन्छ ।

गायत्री मंत्र :
ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्

अर्थ : (ॐ) यो प्रभुको मुख्य नाम हो ।

त्यो प्राणहरूको प्राण (भूः), दुःखनाशक (भुवः) सुखस्वरूप (स्वः) हो । त्यो (तत्) सकल जगतका उत्पादक (सवितुः), प्रभुको (देवस्य) ग्रहणयोग्य (वरेण्यं), विशुद्ध तेज (भर्गः) लाई हामी धारण गरौं (धीमही) जुन प्रभु (यः) हाम्रो (नः) बुद्धिहरूलाई (धियः) असल मार्गमा प्रेरित गरून् (प्रचोदयात्) ।

अर्थात सृष्टिकर्ता प्रकाशमान परमात्माको प्रसिद्ध तेजको हामी ध्यान गर्छौं । ती परमात्मा हाम्रो बुद्धिलाई असल मार्गतर्फ प्रेरित गरून् । गायत्री साधनाद्वारा आत्माको शुद्ध स्वरूप प्रकट हुन्छ र अनेक ऋद्धि र सिद्धिहरू उपलब्ध हुन्छन् ।

गायत्री साधनामार्फत साधकले सांसारिक सुख एवं आत्मिक आनन्द प्राप्त गर्दछन् भन्ने धार्मिक मान्यता छ । दिनदिनै गायत्री मन्त्र अनिवार्य रूपमा जप गर्नुपर्छ भनी शास्त्र उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७६, ५ भाद्र बिहीबार  ५ : २८ बजे

एमालेको रूपान्तरण बहसमा ओलीको कडा असन्तुष्टि, ‘हुल्याहाहरूको हुलदङ्गा’ भन्दै चेतावनी

इलाम । नेकपा एमालेभित्र नेतृत्व र संगठन पुनर्गठनको बहस चर्किरहेका

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका