२०८२, ३ माघ शनिबार

नेपाल प्रहरीलाई इतिहासकै अग्निपरीक्षा, गृह र नेपाल प्रहरीबीच कार्यसम्पादन सम्झौता

नेपाल प्रहरीलाई इतिहासकै अग्निपरीक्षा, गृह र नेपाल प्रहरीबीच कार्यसम्पादन सम्झौता


काठमाडौँ, ३ भदौ गृह मन्त्रालय र नेपाल प्रहरीबीच कार्यसम्पादन सम्झौता–२०७६ मा हस्ताक्षर भएको छ ।

गृह मन्त्रालयमा सोमबार साँझ गृहमन्त्री रामबहादुर थापा ‘बादल’को उपस्थितिमा मन्त्रालयका सचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको हो ।

कार्यक्रममा गृहमन्त्री थापाले सम्झौताले नेपाल प्रहरीलाई आफ्नो काम, जिम्मेवारी र उद्देश्यप्रति बढी गम्भीर बनाउने उल्लेख गर्दै सम्झौता इतिहासकै अग्निपरीक्षा भएकाले उत्कृष्ट नतिजा आउने गरी काम गर्नुपर्ने बताउनुभयो । “मुलुकले राखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य हासिल गर्न सम्झौताले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ”, उहाँले भन्नुभयो ।

गृहसचिव राईले विगतका दिनमा प्रमुख जिल्ला अधिकारीसँग गरिएका सम्झौता फलदायी हुँदै गएका बताउँदै नेपाल प्रहरीसँग गरिएको सम्झौता पनि फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । सम्झौतामा सार्वजनिक प्रशासनलाई जिम्मेवारीप्रति प्रतिबद्ध, कानून कार्यान्वयनमा दृढ, प्रक्रियामा सरलीकरण, पारदर्शी नतिजा, तोकिएको कार्य समयमै सम्पादन, गृह प्रशासन सुधार कार्ययोजनालगायतका कुरा समेटिएका छन् ।

एक आर्थिक वर्ष अवधि रहने उक्त कार्यसम्पादन सम्झौतामा सात कार्य शर्तहरु र २२ कार्यसम्पादन लक्ष्य तथा सूचक रहेका प्रहरी महानिरीक्षक खनालले बताउनुभयो । रासस

प्रकाशित मिति : २०७६, ३ भाद्र मंगलबार  ९ : १९ बजे

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको

ड्यालसमा गुञ्जिँदै तामाङ संस्कृति: ‘सोनाम ल्होछार २०८२’ भव्य तयारी

काठमाडौं । अमेरिकाको टेक्सस राज्यमा बसोवास गर्ने तामाङ समुदायले आफ्नो

एमाले सचिवालय बैठक सुरु, प्रतिनिधिसभा उम्मेदवार टुंग्याउने तयारी

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।

कांग्रेसमा एकताको दबाबः देउवालाई ‘अभिभावक’ बनाउँदै नेतृत्व सुदृढीकरणको प्रयास

काठमाडौं । नेपाली कांग्रेसमा पार्टी एकता कायम राख्ने दबाब बढ्दै