२०८३, १९ आश्विन मंगलबार

नेपाल प्रहरीलाई इतिहासकै अग्निपरीक्षा, गृह र नेपाल प्रहरीबीच कार्यसम्पादन सम्झौता

नेपाल प्रहरीलाई इतिहासकै अग्निपरीक्षा, गृह र नेपाल प्रहरीबीच कार्यसम्पादन सम्झौता


काठमाडौँ, ३ भदौ गृह मन्त्रालय र नेपाल प्रहरीबीच कार्यसम्पादन सम्झौता–२०७६ मा हस्ताक्षर भएको छ ।

गृह मन्त्रालयमा सोमबार साँझ गृहमन्त्री रामबहादुर थापा ‘बादल’को उपस्थितिमा मन्त्रालयका सचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको हो ।

कार्यक्रममा गृहमन्त्री थापाले सम्झौताले नेपाल प्रहरीलाई आफ्नो काम, जिम्मेवारी र उद्देश्यप्रति बढी गम्भीर बनाउने उल्लेख गर्दै सम्झौता इतिहासकै अग्निपरीक्षा भएकाले उत्कृष्ट नतिजा आउने गरी काम गर्नुपर्ने बताउनुभयो । “मुलुकले राखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य हासिल गर्न सम्झौताले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ”, उहाँले भन्नुभयो ।

गृहसचिव राईले विगतका दिनमा प्रमुख जिल्ला अधिकारीसँग गरिएका सम्झौता फलदायी हुँदै गएका बताउँदै नेपाल प्रहरीसँग गरिएको सम्झौता पनि फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । सम्झौतामा सार्वजनिक प्रशासनलाई जिम्मेवारीप्रति प्रतिबद्ध, कानून कार्यान्वयनमा दृढ, प्रक्रियामा सरलीकरण, पारदर्शी नतिजा, तोकिएको कार्य समयमै सम्पादन, गृह प्रशासन सुधार कार्ययोजनालगायतका कुरा समेटिएका छन् ।

एक आर्थिक वर्ष अवधि रहने उक्त कार्यसम्पादन सम्झौतामा सात कार्य शर्तहरु र २२ कार्यसम्पादन लक्ष्य तथा सूचक रहेका प्रहरी महानिरीक्षक खनालले बताउनुभयो । रासस

प्रकाशित मिति : २०७६, ३ भाद्र मंगलबार  ९ : १९ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि