२०८३, २९ श्रावण शनिबार

ग्रेड वृद्धि परीक्षामा विद्यार्थीभन्दा निरीक्षक धेरै

ग्रेड वृद्धि परीक्षामा विद्यार्थीभन्दा निरीक्षक धेरै


घोराही ३ भदौ : अहिले देशभर एसइईको ग्रेड वृद्धिको परीक्षा भइरहेको छ । दाङमा पनि आइतबारदेखि ग्रेड वृद्धिका लागि परीक्षा चलिरहेको छ । जिल्लाका सबै क्षेत्रका परीक्षार्थीलाई अहिले घोराहीका विभिन्न विद्यालयमा परीक्षा केन्द्र तोकेर ग्रेड वृद्धिको परीक्षा सञ्चालन भइरहेको छ ।

घोराहीको पद्मोदय नमूना माध्यामिक विद्यालय, दीपशिखा मावि, सरस्वती मावि काठेकोहल, बालविकास मावि, गोरक्षरत्ननाथ मावि चौघेरा, शुभप्रभात मावि, रझेना मावि, शान्तिसुधा मावि, पद्मोदय मावि र गोरखा इन्टरनेश्नल मावि गरी नौ विद्यालयमा जिल्लाभरका परीक्षार्थीको ग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिएको हो । जसमा विद्यार्थीको निकै न्यून सहभागिता देखिएको छ । कतै विद्यार्थीको शून्य सहभागिता छ भने कतै एक दुई जनाको भरमा केन्द्र सञ्चालन गरिएको छ ।

आइतबार अङ्ग्रेजीको परीक्षा दिएका विद्यार्थीले सोमबार नेपालीको परीक्षा दिएका थिए । दोस्रो दिन नेपालीको परीक्षामा तोकिएको केन्द्रमा विद्यार्थीको न्यून सहभागिता देखियो । एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, चार सुरक्षाकर्मी, एक निरीक्षक र एक सहयोगी गरी कम्तीमा आठ जनालाई परीक्षा केन्द्रमा खटाइएको छ । कतै निरीक्षकको सङ्ख्या धेरै पनि छ । उनीहरुलाई शिक्षा विकास तथा समन्वय एकाइले छुट्टै भत्ताको व्यवस्थासहित परीक्षा केन्द्रमा खटाएको हो ।

ठूलो सङ्ख्यामा परीक्षा केन्द्रमा शिक्षक, कर्मचारी, सुरक्षाकर्मी खटाइए पनि विद्यार्थी सङ्ख्याभन्दा निरीक्षकको सङ्ख्या धेरै पाइएको छ । सोमबार चलेको नेपाली विषयको परीक्षामा घोराहीको दीपशिखा माविमा तोकिएको केन्द्रमा विद्यार्थीको शून्य सहभागिता रहेको थियो । नेपाली विद्यार्थीको केन्द्र परेको दीपशिखामा त्यही विद्यार्थी अनुपस्थिति भएपछि परीक्षा केन्द्र परीक्षा अवधिभर सुनसान देखियो ।

ग्रेड वृद्धिको परीक्षा केन्द्र तोकिएको सरस्वती माविमा पनि चार विद्यार्थीको केन्द्र परेकामा दुई अनुपस्थित भए भने दुईले मात्रै परीक्षामा सहभागिता जनाएका थिए । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार ग्रेड वृद्धिका लागि गोरक्षारत्न नाथमा दुई, शान्तिसुधामा एक, गोरखामा १४, पद्मोदय माविमा ११, बाल विकासमा १५, शुभप्रभावमा चार र रझेना माविमा २४ विद्यार्थीले परीक्षामा सहभागिता जनाएका थिए ।
सोमबार जिल्लाभरका १३१ विद्यार्थीमध्ये ७७ विद्यार्थी नेपाली विषयको परीक्षामा सहभागी भएका थिए भने ५४ अनुपस्थित भएका थिए । जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रामलाल खड्काले ग्रेड वृद्धिको परीक्षामा कुनै विषयको परीक्षामा धेरै र कुनै विषयको परीक्षामा थोरै विद्यार्थी सहभागी हुनु स्वाभाविक भएको बताउनुभयो । रासस

प्रकाशित मिति : २०७६, ३ भाद्र मंगलबार  ७ : २२ बजे

एमालेको रूपान्तरण बहसमा ओलीको कडा असन्तुष्टि, ‘हुल्याहाहरूको हुलदङ्गा’ भन्दै चेतावनी

इलाम । नेकपा एमालेभित्र नेतृत्व र संगठन पुनर्गठनको बहस चर्किरहेका

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका