२०८३, २९ श्रावण शनिबार

आज वि.सं. २०७६ भदौ ३ गते मंगलबारको राशिफल हेर्नुहोस

आज वि.सं. २०७६ भदौ ३ गते मंगलबारको राशिफल हेर्नुहोस


मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
समयमा होसियार बन्न नसक्दा खर्च बढ्ने देखिन्छ। श्रमअनुसार फाइदा कमै होला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिएला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदै हुनेछ। समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन्। लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
पछिका लागि केही वस्तु त्याग्नुपर्ला। लाभको अवसर मिले पनि तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्, सजग रहनुहोला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। प्रयत्न गर्दा पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले दिगो लाभ उठाउन सकिनेछ। विशिष्ट व्यक्तिहरू सहयोगीका रूपमा उपस्थित हुनेछन्। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। समुदायको हक हित हुने काम सम्पादन गर्न सकिनेछ। लगनशीलताले नाम र दाम दिलाउन सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
मेहनत गर्दा राम्रै फाइदा हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। तर काममा व्यवधान समेत उत्तिकै देखापर्नेछन्। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ। काम बिग्रने भयले सताउनेछ। तापनि प्रयत्न गर्दा चुनौतीहरू पन्छाउन सफल भइनेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएका काम सम्पादन गर्न सकिनेछ। अर्थ अभावले सताए पनि समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्। स्वास्थ्य भने कमजोर रहनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ। आयआर्जन पनि मनग्य हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चापबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा मन रमाउनेछ। रमाइलो यात्रा हुनुका साथै अतिथिका रूपमा मानसम्मान प्राप्त हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम सुरु हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
आँटेको काम बन्नेछ भने मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। अध्ययनको लगावले विशेष अवसर दिलाउन सक्छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित व्यक्तिहरू नजिकिनेछन् भने नयाँ काम प्रारम्भ हुनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट सामान्य लाभ मिल्नेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। सहयोगीहरूले पनि साथ दिनेछन्।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
केही अवसर प्राप्त भए पनि ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। काममा विभिन्न उल्झन आउनाले पछि परिनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। बेसुरमा दिएको वचनले आफैँलाई अप्ठ्यारो पर्न सक्छ। तर दोहोर्याएर प्रयत्न गर्दा घरेलु काम भने सम्पादन गर्न सकिनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
सहयोगीहरूको साथ जुट्नाले रोकिएका चिताएको काम सजिलै सम्पादन हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिनेछ। कर्मको उचित प्रतिफल पाइनुका साथै मनग्य धन आर्जन हुनेछ। विभिन्न उपहार प्राप्त हुने समय छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मान–सम्मान पाइने समय छ। बोलीको भरमा चिताएको काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष समारोहमा सहभागी बन्ने मौका मिल्न सक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।

प्रकाशित मिति : २०७६, ३ भाद्र मंगलबार  ५ : १२ बजे

एमालेको रूपान्तरण बहसमा ओलीको कडा असन्तुष्टि, ‘हुल्याहाहरूको हुलदङ्गा’ भन्दै चेतावनी

इलाम । नेकपा एमालेभित्र नेतृत्व र संगठन पुनर्गठनको बहस चर्किरहेका

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका