२०८२, ३ माघ शनिबार

बर्थिङ सेन्टरमा प्रसूति नगराए जन्मदर्ता नहुने

बर्थिङ सेन्टरमा प्रसूति नगराए जन्मदर्ता नहुने


भोजपुर, २ भदौ : बर्थिङ सेन्टरमा प्रसूति नगराबए बच्चाको जन्मदर्ता नहुने भएको छ । जिल्लाको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कमा रहेको पाँचधारे स्वास्थ्य चौकीमा आज बर्थिङ सेन्टरको उद्घाटन भएसँगै यस्तो नियम शुरु गरिएको वडाध्यक्ष गणेशकुमार राईले जानकारी दिनुभयो ।

प्रसूति गराउन स्वास्थ्य संस्थामा अनिवार्य रुपमा जान बाध्य बनाउने उद्देश्यले यस्तो नियम लागू गराइएको अध्यक्ष राईको भनाइ छ । बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै गर्भवतीले घरमै प्रसूति हुनुपर्ने र प्रसूतिका लागि छिमेकी वडा कोट र गोगने धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । आफ्नै वडामा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि महिला खुशी भएका छन् ।

बर्थिङ सेन्टरको स्थापनाले घरमा प्रसूति गराउँदा आमा र शिशुको ज्यान जाने जोखिम पनि कम हुने स्वास्थ्य चौकीले जनाएको छ । उक्त सेन्टर वान हट वल्र्ड वाइड नामक संस्था र वडा कार्यालयको संयुक्त पहलमा सञ्चालनमा ल्याइएको हो । सेन्टर सञ्चालनका लागि वनहर्टले रु दुई लाख ५० हजार बराबरको सामग्री प्रदान गरेको छ भने वडा कार्यालयले रु तीन लाख ५० हजार खर्च गरेको छ । वडा कार्यालयले स्वास्थ्य संस्थाका पाँच कर्मचारीलाई कामको उच्च मूल्याङ्कन गर्दै प्रशंसापत्रसमेत वितरण गरेको छ ।

प्रकाशित मिति : २०७६, २ भाद्र सोमबार  ९ : ४४ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको