२०८२, ३ माघ शनिबार

चार प्रहरी जवान घुससहित पक्राउ

चार प्रहरी जवान घुससहित पक्राउ


काठमाडौं भदौ २ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु एक लाख घुस लिएको आरोपमा महानगरीय ट्राफिक प्रहरी कार्यालय, गोङ्गबुमा कार्यरत चार प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ ।

दुर्घटना सिफारिस दिएबापत सेवाग्रहीसँग घुस लिने प्रहरी जवानहरु देवेन्द्र बलायर, आकाश खनाल, निरज भण्डारी र हिटलर साउदलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो । अनुसन्धानका क्रममा प्रहरी जवान खनाल र भण्डारी घुस लिने कार्यमा प्रत्यक्ष संलग्न रहेको नदेखिएकाले हाल उनीहरुलाई मुद्दा नचलाई साक्षीका रुपमा राखिएको आयोगले जनाएको छ ।

प्रहरी जवान बलायर र साउदलाई जनही रु एक÷एक लाख बिगो माग गर्दै आजै विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७६, २ भाद्र सोमबार  ७ : २५ बजे

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको

ड्यालसमा गुञ्जिँदै तामाङ संस्कृति: ‘सोनाम ल्होछार २०८२’ भव्य तयारी

काठमाडौं । अमेरिकाको टेक्सस राज्यमा बसोवास गर्ने तामाङ समुदायले आफ्नो