२०८३, १९ आश्विन मंगलबार

वरिष्ठ अभिनेत्री शुभद्रा अधिकारीको निधन

वरिष्ठ अभिनेत्री शुभद्रा अधिकारीको निधन


काठमाडौं, ३२ साउन । नेपाली कला क्षेत्रकी वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा गत शनिबार निधन भएको छ । निमोनियाबाट पीडित रहेकी उनको डल्लुस्थित आफ्नै घरमा निधन भएको हो ।

करिब चार दशक अघिदेखि कलाकारितामा सक्रिय अधिकारीले अनेकौं चलचित्रमा सशक्त अभिनय गरेकी छिन् । उनीद्वारा अभिनित चिनो, कन्यादान, भाउजू लगायतका चलचित्रबाट उनी चर्चित बनेकी थिइन् ।

उनले नाटक गीतिनाटक, टेलिफिल्म र भिडियो फिल्ममा समेत उनको अभिनय रहेको छ । उनले अभियन गरेको पहिलो फिल्म ‘मनको बाँध’ हो । उनको जन्म २००४ भदौ २० गते काठमाडौंको असनमा पिता बलराम र माता नुरादेवीको कोखबाट भएको थियो । नुरादेवी कार्की गायिका हुनुहुन्थ्यो। गायिका तारादेवी, शुभद्राकी मामाकी छोरी थिइन् । नेपाली कला क्षेत्रको सेवा गरेर उनले सयौं पुरस्कार र सम्मान पाएकी छन् ।

पारिवारिक स्रोतका अनुसार अधिकारीलाई केही दिनअघि अस्पतालबाट डिस्चार्ज गरेर घरमा ल्याइएको थियो । उनका एक छोरा र एक छोरी छन् ।

प्रकाशित मिति : २०७६, २ भाद्र सोमबार  १ : ५४ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि