२०८२, ३ माघ शनिबार

वरिष्ठ अभिनेत्री शुभद्रा अधिकारीको निधन

वरिष्ठ अभिनेत्री शुभद्रा अधिकारीको निधन


काठमाडौं, ३२ साउन । नेपाली कला क्षेत्रकी वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा गत शनिबार निधन भएको छ । निमोनियाबाट पीडित रहेकी उनको डल्लुस्थित आफ्नै घरमा निधन भएको हो ।

करिब चार दशक अघिदेखि कलाकारितामा सक्रिय अधिकारीले अनेकौं चलचित्रमा सशक्त अभिनय गरेकी छिन् । उनीद्वारा अभिनित चिनो, कन्यादान, भाउजू लगायतका चलचित्रबाट उनी चर्चित बनेकी थिइन् ।

उनले नाटक गीतिनाटक, टेलिफिल्म र भिडियो फिल्ममा समेत उनको अभिनय रहेको छ । उनले अभियन गरेको पहिलो फिल्म ‘मनको बाँध’ हो । उनको जन्म २००४ भदौ २० गते काठमाडौंको असनमा पिता बलराम र माता नुरादेवीको कोखबाट भएको थियो । नुरादेवी कार्की गायिका हुनुहुन्थ्यो। गायिका तारादेवी, शुभद्राकी मामाकी छोरी थिइन् । नेपाली कला क्षेत्रको सेवा गरेर उनले सयौं पुरस्कार र सम्मान पाएकी छन् ।

पारिवारिक स्रोतका अनुसार अधिकारीलाई केही दिनअघि अस्पतालबाट डिस्चार्ज गरेर घरमा ल्याइएको थियो । उनका एक छोरा र एक छोरी छन् ।

प्रकाशित मिति : २०७६, २ भाद्र सोमबार  १ : ५४ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको