२०८३, २९ श्रावण शनिबार

त्रिवि उपकुलपति छान्न सकस

त्रिवि उपकुलपति छान्न सकस


काठमाडौं, भदौ १ : विश्वविद्यालयमा उपकुलपति छनोट कार्य निकै सकसपूर्ण बनेको छ । उपकुलपति छनोट गर्न साउन १८ गते गठन भएको ‘सर्च कमिटी’ले पहिलोपटक पाएको एक साताको समयावधि गुज्रिएपछि पुनः दोस्रोपटक एकहप्ते समयावधि पाएको छ ।

सर्च कमिटीले शुक्रबार पुनः एक हप्ता म्याद थपिएको पत्र पाएको हो । त्रिविको उपकुलपति छनोटमा देखिएको सकसबाट अन्य विश्वविद्यालयको पदाधिकारी छनोटमा पनि उस्तै अवस्था आउनसक्ने देखिएको छ । शक्तिकेन्द्रमा धाउनेहरूको चर्काे दबाब र आकाङ्क्षीहरूको सङ्ख्या बढ्दै गएकाले सर्च कमिटीले तोकिएको समयमा आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको चर्चा शैक्षिक वृत्तमा निकै छ ।

सर्च कमिटीका संयोजकसमेत रहेका त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सर्च कमिटीको दुईवटा बैठक बसेको जानकारी दिँदै भने, “पहिले दिइएको समय अपुग भएपछि पुनः समय थपिएको पत्र पाएका छौँ । हामीहरू परामर्शमा व्यस्त छौँ । जस्तोसुकै व्यक्तिलाई सिफारिस नगरौँ भन्ने चाहना सर्च कमिटीको छ । हालका उपकुलपतिको समय नसकिँदै त्रिविलाई नयाँ उपकुलपति दिन पाए हुन्थ्यो भन्ने चाहनाअनुरूप काम गरिरहेका छौँ । ” यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकृति अधिकारीले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, १ भाद्र आईतबार  ६ : ५८ बजे

एमालेको रूपान्तरण बहसमा ओलीको कडा असन्तुष्टि, ‘हुल्याहाहरूको हुलदङ्गा’ भन्दै चेतावनी

इलाम । नेकपा एमालेभित्र नेतृत्व र संगठन पुनर्गठनको बहस चर्किरहेका

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका