२०८३, २९ श्रावण शनिबार

हेर्नुहोस्, कुन बार जन्मेको केटालाई कुन बार जन्मेकी केटी राम्रो ?

हेर्नुहोस्, कुन बार जन्मेको केटालाई कुन बार जन्मेकी केटी राम्रो ?


काठमाडौं ३२ साउन : ज्योतिष शास्त्रमा अंकको ठूलो महत्व छ । अंक अनुसार नै मान्छेको भविष्यबारे बताउँछन् ज्योतिषहरु । विवाहका लागि अंकमिलान एकदमै महत्वपूर्ण मानिन्छ । पछिल्लो समयमा सम्बन्धहरु सहजै विग्न थालेपछि यसको महत्व झनै बढेर गएको छ । जन्मदिनको मुलाङ्क अनुसार कुन केटा केटीको जोडी बन्ने कि नबन्ने निर्धारण गर्छन् ज्योतिषहरु ।

के हो मुलाङ्क ?
कुनै पनि ब्यक्तिको मुलाङ्क उसको जन्मदिनको गतेको संख्याको कुल हो अर्थात तपाइँको जन्म मिती १० गते हो भने तपाइँको मुलाङ्क १ हो तर ११ गते हो भने १‌‍‍‌+१= २ हुन्छ । १४ गते जन्मदिन हो भने मुलाङ्क १‌‍‍‌+४= ५ हुन्छ । ९ सम्मको मुलाङ्क भएका केटी राम्रा मानिन्छन् । ९ सम्म मुलाङ्क भएका केटीहरुसँग सम्बन्ध गाँस्दा राम्रो हुने र जीवनमा सुख प्राप्ती हुने ज्योतिषको दावी छ ।

तर १ मुलाङ्क भएका केटालाई २ देखि ८ सम्मका जोर मुलाङ्क भएकी केटी जोडी परेमा यस्तो जोडीको जीवन दुःख र कलहले भरिएको हुन्छ । यिनीहरुको जीवनमा सँधै झगडा हुन्छ । यदि केटाको मुलाङ्क २ छभने त्यस्ता केटालाई १ देखि ७ सम्म मुलाङ्क भएका केटी ठिक हुँदैन । अन्य मुलाङ्क भएका केटी खोजेर सम्बन्ध जोड्नु उपयुक्त हुन्छ ।

जुन पुरुषको मुलाङ्क ३ हुन्छ त्यस्ता पुरुष ३, ४ र ५ मुलाङ्क भएकी केटीसँग टाढै बसेको राम्रो । तत्र जीवनभर कलह भोग्नु पर्ने हुन सक्छ ।जुन पुरुषको मुलाङ्क ४ हुन्छ त्यस्ता पुरुष २, ४ र ५ मुलाङ्क हुने केटीसँग बँचेकै राम्रो । जसको मुलाङ्क ५ हुन्छ त्यस्ता पुरुषले १, २, ५, ६ र ८ मुलाङ्क मध्ये जुनसुकै भएकी केटीसँग सम्बन्ध जोड्दा पनि हुन्छ । जुन केटाको मुलाङ्क ६ हुन्छ त्यस्ता केटाले १ वा ६ मुलाङ्क भएकी केटीसँग सम्बन्ध राख्नु राम्रो हुन्छ अन्यथा जीवन तनावपूर्ण हुने खतरा हुन्छ ।

मुलाङ्क ७ हुने केटालाई मुलाङ्क २, ४ वा ७ हुने केटी जोडी मिल्छ । ८ मुलाङ्क हुने केटाका लागि १, ४, ८ या ९ मुलाङ्क भएकी केटी जोडी ठिक हुन्छ । जुन पुरुषको मुलाङ्क ९ हो यस्ता पुरुषलाई १, २, ३, ६ वा ९ मुलाङ्क भएकी केटी राम्रो मानिन्छ । तर यो मुलाङ्क हुनेले ४ र ८ मुलाङ्क हुनेसँग भुलेर पनि सम्बन्ध राखुन् हुँदैन ।

प्रकाशित मिति : २०७६, ३२ श्रावण शनिबार  १० : ४६ बजे

एमालेको रूपान्तरण बहसमा ओलीको कडा असन्तुष्टि, ‘हुल्याहाहरूको हुलदङ्गा’ भन्दै चेतावनी

इलाम । नेकपा एमालेभित्र नेतृत्व र संगठन पुनर्गठनको बहस चर्किरहेका

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका