२०८३, ७ कार्तिक शनिबार

मयुर यातायातलाई रोक्न बस देखि टिपर ब्यवसायीसम्म लागेपछि…………………..

मयुर यातायातलाई रोक्न बस देखि टिपर ब्यवसायीसम्म लागेपछि…………………..


यात्रुहरुले मयुर यातायात प्रा.लिका बस अत्याधिक मन पराउन थालेपछि काभ्रेका पुराना ब्यवसायीहरु थप संकटमा परेका छन् । चक्रपथ देखि काभ्रेको बनेपालसम्म सिधा रुटपरमिट लिएर सञ्चालनमा आएको मयुर बसले अहिले फ्रि वाईफाई सहित आमाबच्चा सिटसम्मको सुविधा दिइरहेको छ । तर उक्त सुविधा युक्त बसको रुट परमिट नै खारेज गर्नभन्दै काभ्रे बस ब्यवसायी संघ र काभ्रे मिनी बस सेवा समितिले अरु समितिसँग पनि गुहार मागका छन् ।

नयाँ बससँग आफुहरु प्रतिस्पर्धा गर्न नसक्ने भन्दै काभ्रेका बस ब्यवसायीहरुले राजधानी पूर्व सिन्डिकेट लादिरहेका विभिन्न यातायात ब्यवसायीसँग हार गुहार गरेर दुई जिल्लाको प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । राजधानी पूर्व अरनिको यातायात सेवा समितिले ४० वर्षभन्दा बढी समयले देखि सिण्डिकेट लागु गर्दै आइरहेको छ । उसले एउटै समितिका बस पनि विभिन्न नाम राखेर चलाइरहेको छ ।

 

बस ब्यवसायीहरु जिल्ला प्रशासन कार्यालय काभ्रे र भक्तपुर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउन राजधानीपूर्व यातायात सञ्चालन गर्दै आइरहेको बस ब्यवसायी संघ देखि टिपर ब्यवसायी संघसमेत पुगेका छन् । विभिन्न १३ वटा यातायात ब्यवसायीहरुले मयुर यातायात प्रा.लिको काठेश्वर बनेपाल रुप परमिट खारेजिको मागसहित चरण बन्द आन्दोलन समेत घोषणा गरेका छन् ।
उनीहरुले चैत १८ गतेदेखि आन्दोलन गर्ने चेतावनी सहितको ज्ञापन पत्र प्रशासन कार्यालयमा बुझाएका हुन् । प्रधानमन्त्री केपी शार्मा ओलीले सिण्डिकेट कुनै पनि हालतमा तोडिने बताइसकेका छन् ।
यस्तो छ आन्दोलनको कार्यक्रम

प्रकाशित मिति : २०७४, १५ चैत्र बिहीबार  ६ : ०५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना