२०८३, ११ श्रावण मंगलबार

मयुर यातायातलाई रोक्न बस देखि टिपर ब्यवसायीसम्म लागेपछि…………………..

मयुर यातायातलाई रोक्न बस देखि टिपर ब्यवसायीसम्म लागेपछि…………………..


यात्रुहरुले मयुर यातायात प्रा.लिका बस अत्याधिक मन पराउन थालेपछि काभ्रेका पुराना ब्यवसायीहरु थप संकटमा परेका छन् । चक्रपथ देखि काभ्रेको बनेपालसम्म सिधा रुटपरमिट लिएर सञ्चालनमा आएको मयुर बसले अहिले फ्रि वाईफाई सहित आमाबच्चा सिटसम्मको सुविधा दिइरहेको छ । तर उक्त सुविधा युक्त बसको रुट परमिट नै खारेज गर्नभन्दै काभ्रे बस ब्यवसायी संघ र काभ्रे मिनी बस सेवा समितिले अरु समितिसँग पनि गुहार मागका छन् ।

नयाँ बससँग आफुहरु प्रतिस्पर्धा गर्न नसक्ने भन्दै काभ्रेका बस ब्यवसायीहरुले राजधानी पूर्व सिन्डिकेट लादिरहेका विभिन्न यातायात ब्यवसायीसँग हार गुहार गरेर दुई जिल्लाको प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । राजधानी पूर्व अरनिको यातायात सेवा समितिले ४० वर्षभन्दा बढी समयले देखि सिण्डिकेट लागु गर्दै आइरहेको छ । उसले एउटै समितिका बस पनि विभिन्न नाम राखेर चलाइरहेको छ ।

 

बस ब्यवसायीहरु जिल्ला प्रशासन कार्यालय काभ्रे र भक्तपुर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउन राजधानीपूर्व यातायात सञ्चालन गर्दै आइरहेको बस ब्यवसायी संघ देखि टिपर ब्यवसायी संघसमेत पुगेका छन् । विभिन्न १३ वटा यातायात ब्यवसायीहरुले मयुर यातायात प्रा.लिको काठेश्वर बनेपाल रुप परमिट खारेजिको मागसहित चरण बन्द आन्दोलन समेत घोषणा गरेका छन् ।
उनीहरुले चैत १८ गतेदेखि आन्दोलन गर्ने चेतावनी सहितको ज्ञापन पत्र प्रशासन कार्यालयमा बुझाएका हुन् । प्रधानमन्त्री केपी शार्मा ओलीले सिण्डिकेट कुनै पनि हालतमा तोडिने बताइसकेका छन् ।
यस्तो छ आन्दोलनको कार्यक्रम

प्रकाशित मिति : २०७४, १५ चैत्र बिहीबार  ६ : ०५ बजे

व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा बीमा तथा धितोपत्रसम्बन्धी कसुरको मुद्दामा

सरकारका सहमति कागजमै सीमित, माइतीघरमा लघुवित्त पीडितको आमरण अनशन सुरु

काठमाडौं । सरकारसँग पटक–पटक वार्ता र सहमति भए पनि कार्यान्वयन

मेरा मित्र गोपालमान श्रेष्ठको निधनले स्तब्ध छु : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ले

सरकारको लगानी ९ खर्ब ६५ अर्ब नाघ्यो

काठमाडौं । सरकारको कुल लगानी ९ खर्ब ६५ अर्ब ८०

नारायणी अस्पताल संकटमा : ४० चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र त्यसपछि