२०८३, २९ श्रावण शनिबार

आत्माहत्या दुरुत्साहन आरोपमा रवी लामिछाने सहित ३ पक्राउ

आत्माहत्या दुरुत्साहन आरोपमा रवी लामिछाने सहित ३ पक्राउ


काठमाडौँ, ३० साउन : प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार सिधा कुरा जनतासँग कार्यक्रम प्रस्तोता रवि लामिछाने सहित युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको छ । पत्रकार लामीछाने र कँडेललाई न्युज २४ को कार्यालयबाट पक्राउ गरिएको हो भने नर्स कार्कीलाई कलंकीबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए ।

उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । चितवनको एक होटलमा मृत भेटिएका पत्रकार रवी लामिछानेका पूर्वसहकर्मी शालिकराम पुडासैनीले मृत्युपूर्व बोलेको भिडियो सार्वजनिक भएको भोलिपल्टै प्रहरीले रवि लामिछानेलाई गिरफ्तार गरेको हो । अघिल्लो साता चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए । आत्महत्या गर्नुपूर्व पुडासैनीले मोबाइलमा रेकर्ड गराएको भिडियोमा रवि लामिछानेले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका छन् ।

पुडासैनीको सोही भिडियो बयानका आधारमा प्रहरीले न्युज २४ टेलिभिजनमा सीधा कुरा जनतासँग कार्यक्रमका सञ्चालक रवि लामिछाने र सोही कार्यक्रममा कार्यरत युवराज कँडेललाई समातेको हो । साउन २० गते दिउँसो ३ः ३० बजे होटलको २०२ नम्बर कोठामा गएका उनलाई होटलवालाले राति खान खान बोलाउँदा चुकुल नखोलेपछि प्रहरी बोलाएर ढोका खोल्दा उनी मृत भेटिएका थिए । रवि लामिछानेलाई पक्राउ गर्नुअघि प्रहरीले पुडासैनीको भिडियो प्रहरी प्रधान कार्यालयमा मगाएर परीक्षण गरेको थियो ।

प्रहरीले रवि लामिछानेलाई पक्राउ गर्नुपूर्व विहीबार अपरान्ह एक अस्पतालमा कार्यरत नर्स ओखलढुंगा घर भएकी रुकु भनिने अस्मिता कार्कीलाई कलंकीबाट नियन्त्रणमा लिएको थियो । ती नर्सलाई पक्राउ गरिएको नभएर ‘संरक्षण गरिएको प्रहरीको भनार्र्इ छ । प्रहरीले नियन्त्रणमा लिनुपूर्व अस्मिताले न्युज २४ लाई अन्तरवार्ता दिन लागेकी थिइन् । प्रहरीले अनुसन्धानलाई प्रभाव पार्ने र आफ्नो पक्षमा जनमत सिर्जना गर्ने गरी ती युवतीसँग अन्तरवार्ता लिन खोजेपछि उनलाई संरक्षणमा राखिएको बताइएको छ ।

प्रकाशित मिति : २०७६, ३० श्रावण बिहीबार  ८ : ४० बजे

एमालेको रूपान्तरण बहसमा ओलीको कडा असन्तुष्टि, ‘हुल्याहाहरूको हुलदङ्गा’ भन्दै चेतावनी

इलाम । नेकपा एमालेभित्र नेतृत्व र संगठन पुनर्गठनको बहस चर्किरहेका

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका