२०८३, २९ श्रावण शनिबार

हेर्नुहोस् अनौठो ठाउँ, जहाँ भगवानलाई नै मृत्युदण्ड दिइन्छ

हेर्नुहोस् अनौठो ठाउँ, जहाँ भगवानलाई नै मृत्युदण्ड दिइन्छ


काठमाडौं २८ साउन श्रीकृष्णले पवित्र ग्रन्थ गितामा भन्नुभएको छ की यस धर्तीमा गरिने हरेक राम्रो नराम्रो कर्मको फल मानिसले भोग्नुपर्छ । तर आफ्ना कर्मको फल केवल मानिसले मात्र होइन भगवानले पनि भोग्नुपर्दोरहेछ यो कली युगमा ।

भगवानले पनि आफुले गरेका गलत कर्मको लागि सजाय भोग्नुपर्छ । गलत काम गर्ने भगवानलाई कठघरामा उभ्याइन्छ अनि सुरु हन्छ आरोप प्रत्यारोपको श्रृंखला । भगवानलाई निष्कासनदेखि लिएर मृत्युदण्ड सम्मको सजायँ दिइन्छ ।

भगवानलाई नै मृत्युदण्ड दिने यस्तो अनौठो तथा अपत्यारिलो काम हुन्छ हाम्रै छिमेकी भारतमा । भारतको छत्तिसगढको बस्तर जिल्लास्थित केशकाल नगरमा भंगाराम देवीको मन्दिर छ । भंगाराम देवी मन्दिर स्थानीय धेरै गाउँको आस्थाको केन्द्रको रुपमा रहेको छ । हरेक वर्ष उक्त मन्दिरमा ठूलो मेला लाग्छ । मेलामा स्थानीय आसपासका सबै गाउँका मानिसहरुले आ आफन देवी देवता लिएर उक्त मन्दिरमा पुग्दछन् । एउटा देव अदालत खडा गरिन्छ त्यहाँ ।

उक्त अदालतमा गाउँलेहरुले देवी देवताहरुलाई प्रतिवादी बनाएर उजुरी हाल्छन् । सबै दोषी देवी देवताहरुलाई देव अदालतमा पेश गरिन्छ ।

उक्त देव अदालतको न्यायाधीशको रुपमा भंगाराम देवीको मन्दिरका पुजारी हुन्छन् । दिनभर अदालतमा मुद्धाको सुनुवाई हुन्छ र बेलुकी फैसला सुनाइन्छ । देवी देवताहरुले गाउँलेउपर गरेका अन्याय तथा अपराधकर्मको लागि सजायँ सुनाइन्छ ।

जसमा ६ महिनासम्म निष्कासन गर्नेदेखि लिएर अनिश्चितकाल सम्मका लागि निष्कासन गर्ने सम्मको हुन्छ । यति मात्र होइन, देवी देवतालाई मृत्युदण्डको सजाय समेत दिइन्छ । मृत्यु दण्डको सजायँ दिँदा भगवानको मूर्तिलाई फोडिन्छ । निष्कासनको सजाय पाउने देवी देवतालाई मन्दिरको नजिकै बनेको एक खुल्ला जेलमा छाडिन्छ ।

सजाय काटिसकेपछि ती देवीदेवताका मूर्तिहरुलाई पुनः धुमधामपूर्वक पुजा गरेर ससम्मान गाउँलेहरुले आ आफ्ना मन्दिरमा लगेर स्थापित गर्दछन् ।

देवी देवताहरुमाथि लाग्ने अधिकांस अभियोगहरु मानिसहरुका इच्छा पूरा नगरेको सम्बन्धी नै हुने गरेका छन् । बालीनालीको उत्पादन कम भएमा, घरपालुवा पशुहरुलाई रोगविमार लागेमा तथा गाउँलेहरु बिरामी परेमा वा अकालमा मरेमा पनि देवी देवताहरु विरुद्ध देव अदालतमा मुद्धा हाल्ने गरिएको छ । रोचक कुरा त के भने यो मेलामा महिलाहरुलाई भने जान निषेध गरिएको छ र जात्राको प्रसाद खान पनि दिइँदैन ।

प्रकाशित मिति : २०७६, २८ श्रावण मंगलबार  ३ : ४८ बजे

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ