२०८३, ११ बैशाख शनिबार

काभ्रेमा श्रमदानमै सडक सफा

काभ्रेमा श्रमदानमै सडक सफा


रवि धिताल / काभ्रे, २५ साउन : हाम्रा पुस्ताले कयौँ सडक, पुल, पुलेसा श्रमदान गरेरै हामीलाई चिनो छोडियो । उनीहरु निस्वार्थ गाउँको विकास निर्माणमा लागे ।

पछिल्लो पुस्ता पैसासँग अभ्यास्त छ । अझ नयाँ पुस्तालाई त श्रमदान गरेर काम हुन्छ भन्ने ज्ञान पनि खास नहुँदो हो । तपाईलाई पनि झट्ट सुन्दा अनौठो लाग्दो हो कि अहिले पनि श्रमदानबाट गाउँघरमा विकास निर्माणको काम हुन्छ ।

किन भने पछिल्लो केहि दशक एता गाउँघरका कुनै पनि विकास निर्माणमा श्रमदानबाट काम भएको पाइदैन् ।

उपभोक्ता समिति मार्फत हुने अधिकांश विकास निर्माण पैसा बाहेक कत्तिपनि भएको देखिदैन । अझ भनौ, बिना पैसा पहिरो पञ्छाउने, पुल, पुलेसो, गोरेटो, घोरेटो, कुवा, पधेँरो निर्माण र मर्मतसम्भार सम्भव नै छैन् ।

तर काभ्रेको धुलिखेल नगरपलिका वडा ११ का स्थानीयले भने श्रमदान मार्फत गाउँको विकास निर्माण सम्भव छ भन्ने कुरालाई पुनः एकपटक प्रमाणित गरिदिएका छन् । उनीहरुले बर्खासँगै पहिरोका कारण अवरुद्ध बनेको गाउँको भित्री सडक श्रमदानबाटै सरसफाई गरे ।

शनिबार वडाध्यक्ष विष्णु धिताल ‘काभ्रेली’ को नेतृत्वमा झण्डै २ सय जना भेला भएका स्थानीयले बीपी राजमार्गको शिलबस्ती देखि दालाचौरसम्मको सडक सफाई गरेका हुन् ।

‘पहिले पहिले गाउँका अधिकांश कामहरु सबै मिलेर हुन्थ्यो, घरकै खाजा, खाना खाएर समाजका लागि काम गरिन्थ्यो, स्थानीय बद्री भूजेलले भने ‘बीचमा गाउँमा पैसाले मात्रै काम हुन थाल्यो, तर अहिले हामी फेरी थोरै पनि श्रमदान गरेर आफ्नो ठाउँको विकासमा जुटेका छौँ ।’ यो सडक पाँचखाल नगरपालिकाको तीनपिप्लेमा अरनिको राजमार्गमा जोडिन्छ ।

वडाध्यक्ष काभ्रेलीले हरेक हप्ताको शनिबार एकदिन गाउँका भित्री सडक, धारा, पधेँरा, पाटी, मठ मन्दिरको सरसफाई र मर्मतसम्भारमा सहभागी हुन वडाबासीहरुलाई अनुरोध गरेको बताए । ‘सबै कुरा पैसासँग मात्रै जोडेर हेर्दा विकास निर्माण सोचेको गतिमा हुदैँन, उनले भने ‘वडामा आएको हरेक योजना पारदर्शी ढंगले सम्पन्न गरेका छौँ, त्यसो हुदाँ सबैले साथ पनि दिनुभएको छ, आफैले गरेको कामको माया पनि त लाग्छ, बनिसकेका सार्वजनिक सम्पत्तिको सफाई, मर्मत र सम्भार गर्ने कामका लागि वडाले चिया समेत खुवाएको छैन ।’

प्रकाशित मिति : २०७६, २५ श्रावण शनिबार  ९ : ४३ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले