२०८३, ३१ जेष्ठ सोमबार

युटुव भाईरल गरिमाको पहिलो गीत ‘कोखकी छोरी’

युटुव भाईरल गरिमाको पहिलो गीत ‘कोखकी छोरी’


डि.ए.आर मुभिजको प्रस्तुतिमा युटुव भाईरल गायिका गरिमा हुँमागाईको पहिलो गीत ‘कोखकी छोरी’ आम दर्शक तथा स्रोता माझ आएको छ । युटुवमा सुमुधुर स्वरले आम दर्शकको मन जित्न सफल भईरहेको बेला र डि.ए.आर मुभिजले नयाँ स्वर खोजिरहेको अवस्थामा उक्त टिमले गरिमालाई यो अवसर प्रदान गरेको हो ।

हिन्दु महिलाहरुको महान चाड तिज कोशेलिको रुपमा आएको ‘कोखकी छोरी’ को शब्द कमल सरगम र परिमार्जन प्रभावन जे को रहको छ । गीतमा गरिमा हुँमागाईको साथमा अग्रज कलाकार बिमा कुमारी दुरा, नवराज घोरासाईने, उद्धव कार्कि, पार्वति कार्कि, सरोज लामिछाने र सपना कुँवरले दिएका छन् ।


प्रभावन जे को निर्देशन रहेको म्युजिक भिडियोमा नायीका सारिका के.सी, सरोज दाहाल, प्रल्हाद खरेल, राधा श्रेष्ठ, दिप माला, विवेक चौलागाई, गोकुल दंगाल, सपना कुँवर र गणेश तिवारीको अभिनय रहेको छ ।

गीतमा घरको कारणले तिजको समयमा माइत जान नपाउने चेलीहरुको कथा समेटिएको छ भने, कोखकी छोरी लाई बिदा गर्दाको पिडा देखाउन खोजेको छ ।  बिग परिवेश स्टुडियोमा रेर्कड गरिएको उक्त गितमा एरेन्ज भुवन प्रकाश बडु र मिक्सिङ जिवन बडुले गरेको छन् । रोनिश तामाङको छायाँकन रहेको भिडियोमा नविन भट्टको सम्पादन, राजाराम गौतमको कला, शर्मिला सुनारको मेकअप रहेको छ ।

डि.ए.आर मुभिजको यो माईत जाम पछिको दास्रो तिज कोशेली हो । डि.ए.आर.मुभिजले नयाँ अवसर दिएको र यस्तै नयाँ प्रतिभा तथा पुराना सर्जकहरुलाई समेटेर काम गर्दै आईरहेको व्यवस्थापक राजाराम गौतमले जानकारी दिए । गितको भिडियो लिंक तल दिईएको छ ।

प्रकाशित मिति : २०७६, २५ श्रावण शनिबार  ८ : ०५ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क