२०८३, २९ श्रावण शनिबार

सांसद नविनाको हाइकिङ अभियान तेमालबाट सुरु (फोटो फिचर)

सांसद नविनाको हाइकिङ अभियान तेमालबाट सुरु (फोटो फिचर)


काठमाण्डौ, १९ साउन: संघीय सांसद नविना लामाले काभ्रेको तेमाल गाउँपालिकाबाट हाइकिङ अभियान सुरु गरेकी छिन् ।

तेमाल विकासका लागि युवा अभियान नाम दिएर सांसद लामाले हाइकिङ अभियान सुरु गरेकी हुन् । उनले जिल्लाको नमोबुद्ध नगरपालिका, रोशी, महाभारत, खानीखोला र चौरीदेउराली गाउँपालिकामा समेत क्रमशः हाइकिङ अभियान सञ्चालन गर्दै जानकारी दिइन् ।

तेमाल गाउँपालिकाको वडा नम्बर ७ चापाखोरीबाट सुरु भएको हाइकिङ पोखारीनारायणस्थान, याङबेलको तोङसोम कुण्डमा आएर टुंगिएको थियो । विहान ११ः४५ बाट सुरु भएको हाइकिङ विभिन्न डाँडाकाडाँ पार गर्दै झण्डै ४ घण्टाको पैदलपछि सकिएको हो ।

सांसद लामाको हाइकिङ अभियानलाई नेकपाका नेता प्रदिप लामा, तेमाल गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष तिमाल सिह तामाङ, ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल ९टान० का निर्वमान महासचिव कर्ण लामा, टानका पूर्व सदस्य पाल्साङ तामाङ र ह्रेन्जेन दोर्जे प्रतिष्ठानका अध्यक्ष लिला बहादुर लामाले साथ दिएका थिए । साथै अभियानमा करिब ४० जनाले सहभागिता जनाए ।

हाइकिङका बेला भेटिएका डाँडा, गुम्बा, छ्योर्तेन र पर्यटनको सम्भावनाको महत्वका बारे टानका पूर्व महासचिव कर्ण लामा र प्रतिष्ठानका अध्यक्ष लिला बहादुर लामाले युवाहरुलाई जानकारी गराएका थिए ।

अभियानमा सहभागि टोलीले तेमाल गाउँपालिकाको वडा नम्बर ७ चापाखोरी डाँडामा बन्न लागेको टुरिजम मेमोरि पार्क, ह्रोसाइबाचे, पोखरी नारायणस्थान मन्दिर लगायत विभिन्न धार्मिक स्थलहरुको अवलोकन समेत गरेको थियो ।

टुरिजम मेमोरि पार्कका बारे पर्यटन ब्यवसायी कर्ण लामाले जानकारी गराएका थिए । उनका अनुसार यो पार्कमा पर्यटन ब्यवसायसँग सम्बन्धी विविध विधा समावेश गरिनेछ । लामाले तेमालमा धार्मिक पर्यटनका साथै विभिन्न साहासिक पर्यटनको समेत सम्भावन रहेको भन्दै यसलाई कृषि पर्यटनसँग जोडेर विकास गर्नु पर्नेमा जोड दिए ।

सांसद लामाले तेमालको विकास निर्माणमा युवाहरुलाई एकै ठाउँमा उभ्याउने उद्देश्यका साथ अभियान सुरु गरेको बताइन् । ‘तेमालको पर्यटन विकासमा युवाहरुलाई सहभागि गराउने उद्देश्यले तेमालमा हाइकिङ गरिएको हो, उनले भनिन् ‘पर्यटनलाई मुर्त रुप दिने हो भने तेमालको आर्थिक समृद्धि सम्भव छ । यसलाई प्रचारप्रसार गरेर नेपाल सरकारले अघि सारेको Visit Nepal 2020 को पूर्व तयारीका रुपमा समेत यसलाई लिएका छौँ ।’

२०६८ सालमा तयार गरिएको तेमाल ड्रिम परियोजनालाई हाइकिङ अभियानले सार्थक बनाएको सञ्चारकर्मी हिरामान लामाले बताए । ‘हामीले परियोनामा तेमाल क्षेत्रको विकासका लागि ७ वटा पार्क, भ्यूटावर, तेमाल प्रवेश गर्ने १२ वटा गेट, तामाङ संग्रहालय, डम्फुपार्क, विभिन्न मठमन्दिरको निर्माण, संरक्षण र प्रवद्र्धन गर्ने सोच राखेका थियौँँ, उनले भने ‘अहिले आएर यसले सार्थकता पाउँदै गइरहेको छ ।’

प्रकाशित मिति : २०७६, १९ श्रावण आईतबार  १० : १८ बजे

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ