२०८३, २९ श्रावण शनिबार

ज्यानमारा पोखरी, डुबेर १५७ जनाको मृत्यु

ज्यानमारा पोखरी, डुबेर १५७ जनाको मृत्यु


दाङ , साउन १९ : घोराही उपमहानगरपालिका–१८ मसिनास्थित कृत्रिम पोखरीमा डुबेर तीन युवतीको ज्यान गयो । अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ । साउन ५ गते बेलुका पोखरीमा हातगोडा धुन गएका १६ वर्षीया अमृता विक, १९ वर्षीया झरना विक र वसन्ता विकको पोखरीमा डुबेर ज्यान गएको लियो। उनीहरू खेतमा रोपाइँ सकेर घर फर्कने बेला हातगोडा धुन पोखरीमा गएका थिए।

घोराही उपमहानगरपालिकाले एक वडा एक पोखरीअन्तर्गत निर्माण गरेको पोखरीमा केही समयअघि नुहाउन गएका एक युवक बेपत्ता भए। उनको खोजीका लागि गोताखोरसमेत प्रयोग गर्नुपर्‍यो। तर पत्ता लागेन। केही दिनपछि युवकको शव पोखरीमै भेटियो। यी दुई घटनासँगै दाङमा एक वर्ष अवधिमा कृत्रिम पोखरीमा डुबेर ज्यान गुमाउनेको संख्या ११ पुगेको छ। मृत्यु हुनेमा ५ पुरुष र ६ महिला छन्। प्रहरीका अनुसार इनारमा डुबेर ४ जना र खोलामा डुबेर ९ जनाले ज्यानको ज्यान गएको छ।

वातावरण सन्तुलनमा राख्न, सिँचाइ सुविधा तथा खानेपानीका लागि स्रोत बढाउन दाङमा कृत्रिम पोखरी बनाउने क्रम बढ्दो छ। तर पछिल्लो समय यी पोखरी मृत्यु स्थल बन्दै गएका छन्। एक वर्ष अवधिमा ५ नं प्रदेशका १२ जिल्लामा डुबेर एक सय ५७ जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा डिएसपी नवराज पोख्रेलले बताए। उनका अनुसार कृत्रिम तालमा डुबेर मर्नेको संख्या दाङमा बढी छ।

नदी, ताल, पोखरी र इनारमा डुबेर रूपन्देहीमा ३३, कपिलवस्तुमा २८ र नवलपरासीमा ५ जनाको मृत्यु भएको छ। यस्तै पाल्पामा १३, अर्घाखाँचीमा एक, गुल्मीमा ६ र प्युठानमा १४ जनाको डुबेर ज्यान गएको छ। डुबेर मृत्यु हुनेमा रोल्पामा ३, रुकुम पूर्वमा एक, बाँकेमा ४ र बर्दियामा २२ रहेको प्रवक्ता पोखरेलले बताए। पोखरी खन्ने तर तारबार र कुनै संकेत चिह्न नराखिँदा अकालमा ज्यान गुमाउनेको संख्या बढेको घोराही–१७ का अमर आचार्यले बताए।

घोराही उपमहानगरपालिकाले २० वटा कृत्रिम पोखरी निर्माण गरेको छ। ती कुनैमा पनि व्यवस्थित तारबार लगाइएको छैन। उमहानगरले बनाएका पोखरीम डुबेर ६ जनाले ज्यान गुमाइसकका छन्। सुख्खा स्थानमा सिँचाइ गर्न यस्ता पोखरीले पानीको स्रोत बढाइदिएको छ। तर सावधानी नअपनाउँदा पोखरी ज्यानमारा बन्दै गएको छ।

घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले सिँचाइ, पर्यटन र पानीको स्रोत संरक्षणका लागि नगरले पोखरी बनाइरहेको बबताए। उनले भने, ‘हामीले पोखरी बनाउने र सचेतना मात्रै दिन हो’, चौधरीले भने, ‘यसमा सबै सचेत हुनुपर्छ।’ घोराही उपमहानगरले चार करोड लागतमा थप पोखरीहरु निर्माण गर्ने योजना बनाएको छ।

प्रकाशित मिति : २०७६, १९ श्रावण आईतबार  ६ : ४७ बजे

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ