२०८२, ३ माघ शनिबार

कामै नगरी सवा दुई करोड झ्वाम

कामै नगरी सवा दुई करोड झ्वाम


काठमाडौं ,साउन १७ : बलान विहुल गाउँपालिकाले वडा नम्बर ३ टिकुलियास्थित राष्ट्रिय प्राथमिक विद्यालयको बाउन्ड्री वाल निर्माण् कार्यका लागि आर्थिक वर्ष २०७४/७५ मा पाँच लाख बजेट विनियोजन गरेको थियो । यद्यपि, अझैसम्म सो वाल निर्माण हुन सकेको छैन । यता महालेखा परीक्षकको प्रतिवेदनको सो रकम निकासा भइसकेको देखाइसकेको छ ।

अचम्मको कुरा सो वाल निर्माणका लागि बजेट छुट्याइएको छ भन्ने सो विद्यालयका प्रधानाध्यापकलाई पनि जानकारी भएन । महालेखाको प्रतिवेदनमा बाउन्ड्री वाल शीर्षकमा बजेट खर्च भएको विवरण देखेपछि मा आफूलाइृ थाहा भएको प्रधानध्यापक सुकदेव गुप्ताको भनाइ छ ।

उनी भन्छन्, ‘वाल लगाउने काम स्थानीय तहबाट भएको छैन, हो एउटा उपभोक्ता समिति आएर केही माटो खन्याउने काम विद्यालयमा पक्कै पनि भएको हो, यद्यपि विद्यालय प्रशासनसँग खासै समन्वय गरिएको थिएन ।’ यो समाचार आजको नागरिक दैनिकमा जितेन्द्रकुमार झाले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, १७ श्रावण शुक्रबार  ८ : १८ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको