२०८३, २९ श्रावण शनिबार

पानी झर्दैन, मिटर चढिरहन्छ

पानी झर्दैन, मिटर चढिरहन्छ


काठमाडौं,साउन १४: कार्यालय समय सुरु हुनुअघि नै आइतबार बिहान त्रिपुरेश्वरस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को मुख्य कार्यालय पुग्यो। बिहान १० बजेतिर कर्मचारी आउने क्रम पनि सुरु भयो। केयूकेल परिसरमा सरकारी गाडी गाडी थिए। त्यहाँ कर्मचारी मात्रै भएकाले हामी उपभोक्ता खोज्दै केयूकेएल शाखा थापाथली पुग्यौं। अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ ।

उपभोक्ता महसुल बुझाउन फाट्टफुट्ट आइरहेका थिए। उनीहरूको एउटै गुनासो थियो, ‘धारामा पानीको थोपो झर्दैन, पैसा भने महिना दिन तिर्नैपर्छ नत्र जरिबाना लाग्छ।’ धारामा पानी नआए पनि काठमाडौं उपत्यकाबासीले महसुल तिर्नुपर्छ। ‘सातामा एकचोटि पानी आउँछ तर त्यो पनि ठेगान हुँदैन,’ काठमाडौं–२१ भोटेबहालका सानोभाइ डंगोलले भने, ‘मेलम्ची आउँछ कि भन्ने आसमा पैसा तिर्न आएको।’ उनले पानी नआए पनि आफूले नियमित महसुल तिररहेको बताए।

‘मेलम्चीको कुरा सुन्दासुन्दै बूढो हुने भएँ। एक दिन त कसो नआउला,’ उनले भने, ‘मेरा पालामा नआए पनि छोराछोरीको समयमा आउला नि। उनीहरुका लागि भए पनि तिरिदिनुपर्‍यो।’

प्रकाशित मिति : २०७६, १४ श्रावण मंगलबार  ७ : १५ बजे

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ