२०८३, १९ आश्विन मंगलबार

हेटौंडाको खोलामा भारतीय ट्रक डुब्यो, पिप्ले वस्ती जोखिममा

हेटौंडाको खोलामा भारतीय ट्रक डुब्यो, पिप्ले वस्ती जोखिममा


हेटौंडा ८ साउन मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण सतह बढेको कर्रा खोला हुँदै हेटौंडातर्फ आएको भारतीय ट्रक डुबेको छ । डुबेको ट्रक खोलाले बगाउन नसक्दा मानवीय क्षति हुनबाट भने जोगिएको छ ।

हेटौंडा–१७ स्थित कर्रा खोलामा शिवम सिमेन्टको सामान अनलोड गरेर फर्कँदै गरेको युपी ५६ टी ४०३९ नम्बरको भारतीय ट्रक कर्रा खोलामा डुबेको प्रहरीले जनाएको छ ।

यस्तै, मकवानपुरको हात्तीसुढेमा १० मिटर पहिरो खस्दा पूर्वी मकवानपुरको बाग्मती, बकैया गाउँपालिकाबाट सदरमुकाम जोड्ने बाटो अवरुद्ध भएको छ। हेटौंडा–५ पिप्ले मत्यपालन केन्द्रका वरपरका चार पाँच घर डुबानको जोखिममा रहेको प्रहरीले बताएको छ ।

हेटौंडा–५ क्याम्पाडाँडामा पहिरो खस्दा चौघडा, मकवानपुर गढी हुँदै ग्रामीण क्षेत्रको सडक अवरुद्ध भएको छ। हेटौंडा हुँदै काठमाडौ जाने कान्तिलोकपथ बाहेक अन्य राजमार्ग भने सञ्चालनमा छन्।

प्रकाशित मिति : २०७६, ८ श्रावण बुधबार  १० : ३८ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि