२०८३, १५ बैशाख बुधबार

काभ्रेमा सुरक्षा चुनौती: कार्यालय प्रमुखलाई जिल्ला नछाड्न निर्देशन

काभ्रेमा सुरक्षा चुनौती: कार्यालय प्रमुखलाई जिल्ला नछाड्न निर्देशन


काभ्रेपलाञ्चोक, ५ साउन : जिल्लास्थित सरकारी कार्यालयका प्रमुखलाई बिदाको दिन बाहेक अरु समय जिल्ला नछाड्न निर्देशन दिइएको छ । सदरमुकाम धुलिखेलमा आज भएको कार्यालय प्रमुखको बैठकमा प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले सुरक्षा चुनौतीका कारण कार्यालय नछाड्न निर्देशन दिनुभएको हो ।

“जिल्ला छाड्दा जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्छ”, उहाँले भन्नुभयो । नजिकको जिल्ला भएकाले सुरक्षा निकायबाहेक अधिकांश कार्यालय प्रमुख काठमाडाँैबाट आवतजावत गर्दै आएका छन् । कार्यालय प्रमुख जिल्लामै रहँदा इन्धनको समेत बचत हुन्छ ।

“सुरक्षा गार्डको भरमा कार्यालय छाड्न हुँदैन, बेलुकी सात बजेपछि सरकारी गाडी चलाउन पाइँदैन”, रानाले निर्देशन दिनुभयो । कार्यालयको सुरक्षा गर्न नसके जिल्ला प्रशासन कार्यालयलाई तत्काल जानकारी गराउन उहाँले बताउनुभयो । रासस

प्रकाशित मिति : २०७६, ५ श्रावण आईतबार  ७ : ४० बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले