२०८२, ३ माघ शनिबार

एक वर्षमा दुई सय ‘राष्ट्रसेवक’ घुससहित पक्राउ

एक वर्षमा दुई सय ‘राष्ट्रसेवक’ घुससहित पक्राउ


काठमाडौं, साउन ४ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षमा दुई सय कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा. राजकुमार रौनियार र त्रिभुवन विश्वविद्यालय विज्ञान संकायका सहायक डिन प्राडा. शम्भुप्रसाद पटेलसहित दुई सय ‘राष्ट्रसेवक’ कर्मचारी घुस लिँदालिँदै पक्राउ परेका हुन् ।

आयोगका अनुसार पक्राउ परेका मध्ये रौनियार र पटेल विशिष्ट श्रेणीका हुन् । एक वर्षको अवधिमा दुई विशिष्ट श्रेणीका कर्मचारी, सात जनप्रतिनिधि र ३२ विचौलियासहित दुई सय जनालाई घुससहित पक्राउ गरिएको समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

अख्तियारले सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तह अन्तरगतका निकायमा हुने गरेको तथ्यांक पनि सार्वजनिक गरेको छ । पछिल्लो एक वर्षमा २६ प्रतिशत भ्रष्टाचार र अनियमिततासम्बन्धी उजुरी संघीय मामिला मन्त्रालय र स्थानीय तह अन्तरगतका निकायसँग केन्द्रीत रहेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : २०७६, ४ श्रावण शनिबार  ६ : ५६ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको