२०८३, ४ असार शुक्रबार

नेपाल र जर्मनीबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना हुने

नेपाल र जर्मनीबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना हुने


काठमाडौँ, २ साउन :नेपाल र जर्मनीका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना हुने भएको छ । दुई देशका परराष्ट्र मन्त्रालयबीच उक्त संयन्त्र स्थापना गर्नेसम्बन्धी आशयपत्रका नेपाल सरकारका तर्फबाट समकक्षी मिलाई हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।

गत असार २९ गते बसेको मन्त्रिपरिषद्को बैठकका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले दुई देशको मैत्री सम्बन्धलाई थप विस्तार गर्न त्यस्तो संयन्त्र स्थापना गर्न लागिएको बताउनुभयो । मन्त्रिपरिषद्ले गैरकानूनी रुपमा नेपाल बसिरहेका पाँच श्रीलङ्कन नागरिकको रु दुई लाख ५० हजार जरिवाना र ३७ हजार ३८० अमेरिकन डलर प्रवेशाज्ञा शुल्क मिनाहा गरी उनीहरुलाई आफ्नै देशमा फिर्ता पठाउने निर्णय गरेको छ ।

मन्त्री बाँस्कोटाका अनुसार ३०० थान नयाँ विद्युतीय बस खरीद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत साझा यातायात सहकारी संस्था लिमिटेडलाई रु तीन अर्ब बजेट उपलब्ध गराइने भएको छ । सो रकम नेपाल सरकारको शेयर लगानीका रुपमा साझा यातायातलाई उपलब्ध गराइनेछ । साझा यातायातले ती बसको व्यवस्थापन गरी गुणस्तरीय सार्वजनिक सेवा प्रवाह गर्ने सरकारको विश्वास रहेको छ । यस्तै प्रदेश नं ३ सरकारले पनि साझासँगको सहकार्यमा विद्युतीय बस सञ्चालन गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

सरकारले प्रदेशमा हस्तान्तरण भएका १४ वटा सडक डिभिजन कार्यालयलाई सडक विभागको कामसमेत निरन्तर गर्न पाउने व्यवस्था गरिएको छ । मन्त्री बाँस्कोटाकाअनुसार मन्त्रिपरिषद्ले ‘बुटिक विमानस्थल विकाससम्बन्धी कार्यविधि, २०७५ संशोधन गर्ने निर्णय गरेको छ । यस्तै राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रबन्धकमा नारायणप्रसाद बाँस्तोलालाई नियुक्त गरिएको छ ।

त्यस्तै मन्त्रिपरिषदले नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको सेवाका शर्त र सुविधासम्बन्धी (अठारौँ संशोधन नियमावली, २०७६) स्वीकृत गरेको छ । सरकारले नगर विकास कोष सञ्चालक समितिको सदस्यमा सात जनालाई नियुक्त गरेको छ । यसरी नियुक्त हुनेमा प्रदेश नं १ दमक नगरपालिकका उपप्रमुख गीता अधिकारी, प्रदेश नं २ वीरगञ्ज महानगरपालिका मेयर विजय सरावगी हुनुहुन्छ ।

यस्तै, प्रदेश नं ३ भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, गण्डकी प्रदेशको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, प्रदेश नं ५ को बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी कर्णाली प्रदेश वीरेन्द्रनगर नगरपालिका उपप्रमुख मोहनमाया भण्डारी र सुदूरपश्चिम प्रदेशको गौरीगङ्गा नगरपालिकाका प्रमुख भीम देउवालाई कोष सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको हो ।रासस

प्रकाशित मिति : २०७६, २ श्रावण बिहीबार  ६ : ३५ बजे

१२ कक्षाको नतिजा ४० दिनमै : ६९.७५ प्रतिशत उत्तीर्ण

काठमाडौं । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) अर्थात् कक्षा १२

कक्षा १२ को नतिजामा सिद्धवावा प्लसटू जिल्लामैं प्रथम

सिन्धुलीः कक्षा १२ को नतिजामा सिद्धवावा प्लस टू म्यानेजमेण्ट ३.९१

सिसी क्यामरा जडानले रोकिएका ति अपराध

सिन्धुलीको कमलामाई नगरपालिले नगरक्षेत्रका बिभिन्न चोक तथा जोखिम मानिएको सडक

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो