२०८३, १५ बैशाख बुधबार

काभ्रेको शान, तेमालमा बोधिचित्त प्रवर्द्धन

काभ्रेको शान, तेमालमा बोधिचित्त प्रवर्द्धन


काभ्रेपलाञ्चोक, १ साउन । तामाङ समुदाय तथा चीनमा सामाजिक सांस्कृतिक एवं धार्मिक महत्व बोकेको बोधिचित्त (बुद्धचित्त) माला उत्पादनलाई तेमाल गाउँपालिकाले नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममा उच्च प्राथमिकतामा राखेको छ ।

सुनभन्दा महँगो मानिने बोधिचित्त माला उत्पादन दक्षिण एशियामै काभ्रेपलाञ्चोकको तेमाल क्षेत्रमा हुने गरेको अध्ययनले समेत देखाएको छ । तेमालको पहिचान तथा आर्थिक स्रोतको रुपमा बोधिचित्त माला उत्पादनलाई नयाँ आर्थिक वर्र्षको नीति तथा कार्यक्रममा उच्च प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष सलामसिंह तामाङले बताउनुभयो । “अब गाउँपालिकाले बोधिचित्त मालाको व्यवस्थित रुपमा उत्पादन एवं बजारीकरणको व्यवस्थापन गर्नेछ”, उहाँले भन्नुभयो ।

तेमालमा बोधिचित्त नर्सरी

तेमाललाई बोधिचित्तको उत्पादन हुने स्थानका रुपमा प्रचार गर्दै पर्यटकको आकर्षणको केन्द्रबिन्दु बनाइने योजनामा उल्लेख गरिएको छ । अध्यक्ष तामाङले भन्नुभयो, “विशेषगरी देश विदेशमा बौद्ध धर्मावलम्बीले महत्वका दिने, उपयोग गर्ने मालाको उत्पादन क्षेत्रमा विदेशी पर्यटक भित्र्याउने लक्ष्य पनि राखेका छौँ ।” नेपाली तथा चिनियाँ व्यापारी दाना लागेपछि बोटमै बोधिचित्त किन्ने गर्दछन् ।

तेमाल क्षेत्रको बोल्देफेदिचे, सस्र्यूखर्क, मेच्छे, ठूलोपर्सेल, पोखरी नारायणस्थान, कुरुबास चापाखोरी र सरथलीमा यसको व्यावसायिक खेती शुरु गरिएको छ । तेमाल क्षेत्रस्थित समुद्री सतहको ३०० देखि दुई हजार ५०० मिटर उचाईसम्मको हावापानीमा यसको खेती हुने गरेको पाइएको छ । तेमाल क्षेत्रमा तामाङ समुदायको बाक्लो बसोबास रहेको छ ।

बहुमुल्य पाँचमुखे बोधिचित्त

यस क्षेत्रका बासिन्दाले बोधिचित्तको व्यावसायिक खेतीबाट वर्षेनी लाखौँ आन्दानी गर्दै आएका छन् । १०८ वटा दानाबाट बनेको बोधिचित्त मालालाई बुद्धका अनुयायीले आध्यात्मिक चिन्तन तथा शान्तिका लागि बुद्धत्व प्राप्ति हुने मान्यताका साथ ‘ॐ मनि पेमा हुँ, ॐ मनि पद्मे हुँ’ जप्ने गर्दछन् । १०८ वटा साना दानाबाट बनेको बोधिचित्तको माला सुनभन्दा तेब्बर मूल्यमा बिक्री हुने गरेको ब्यवसायी बताउँछन् ।

तेमालमा बोधिचित्त मालाको राम्रो उत्पादन तथा व्यापार देखेका जिल्लाका अन्य स्थानका किसानले पनि व्यावसायिक रुपमा खेतीगर्न थालेपछि तेमाल गाउँपालिकाले आफ्नो योजनामा नीतिगत रुपमै प्रवद्र्धन गर्ने निर्णय गरेको हो ।

यसैगरी, भुम्लु गाउँपालिकाले नयाँ आर्थिक वर्षलाई फलफूल वर्षका रुपमा मनाउने भएको छ । आफ्नो नीति तथा कार्यक्रममा फलफूललाई उच्च प्राथमिकता दिई स्थानीय हावापानी सुहाउँदो फलफूल खेतीमा लगानी गर्न यस बर्ष गाउँपालिका इन्छुक भएको हो । “हामी यो वर्ष फलफूल वर्षका रुपमा मनाउँछौँ, पालिकाको हरेक घरमा फलफूलका बिरुवा पु¥याइनेछ”, अध्यक्ष गुमानध्वज कुँवरले भन्नुभयो ।

यससँगै पालिकाभित्रका हरेक घरमा माहुरी घार वितरण गरिने अध्यक्ष कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वच्छ र हरियाली वातावरण बनाउन रासायनिक विषादी न्यूनीकरण गर्दै जैविक विषादी प्रयोगमा जोड दिनेछौँ ।” –रासस राजकुमार पराजुली

प्रकाशित मिति : २०७६, १ श्रावण बुधबार  ५ : ५१ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले