२०८२, ७ चैत्र आईतबार

धुलिखेलमा प्रहरीको आगँनमै जुवाखेल !

धुलिखेलमा प्रहरीको आगँनमै जुवाखेल !


सुन्दा पत्यार नलाग्न सक्छ । तर यथार्थ यहि हो । फागुन २३ गतेदेखि जिल्ला प्रहरी कार्यालय धुलिखेलको परिसर नजिकै काभ्रे महोत्सव चलिरहेको छ । प्रहरी कार्यालयको आगँनबाटै महोत्सवमा भइरहेको गतिविधि राम्रोसँग अवलोकन गर्न सकिन्छ । तर सुरुका दिनदेखि नै जिल्लामा उत्पादन भएका सामग्री स्टलमा नराखेको भन्दै आलोचित बनेको महोत्सवस्थल भित्र जुवा खेल भने निर्धक्कसँग चलिरहेको छ । आधा दर्जनजति स्टलकै रुपमा जुवा खेलाउनेहरुले अड्डा जमाएका छन् । जहाँ लाखौँको कारोबार हुने गरेको पाइएको छ । अरु बेला गाउँ गाउँबाट समेत जुवा खालबाटै जुवाडे पक्राउ गर्ने प्रहरी आफ्नै आगँनमा भइरहेको जुवा खेल भने देखे नदेख झै गरीरहेको छ । फोटो खिच्न लाग्यो भने धम्याउने गरेका छन्, जुवा खेलाउनेहरुले । यो फोटो खिज्दा धम्क्याइएको थियो । तर पनि हामी खिच्यौ ।

जिल्ला प्रहरी कार्यालयका प्रमूख एसपी सहकुल थापा सहितको प्रहरी टोली पटक पटक महोत्सव स्थलमा पुगिरहेका हुन्छन् । तर रोटीपिङ, बाइकडान्स सञ्चालन गरिएको क्षेत्रमा खेलाइएको जुवा रोक्न भने कुनै ध्यान ती प्रहरीको गएको छैन् । जुवा खाल मात्रै होइन पैसा लुट्ने मिनी क्यासिनोका रुपमा अनेक धन्दा सञ्चालन भइरहेको छ । तर प्रहरी मौन छ । हजारौँ पैसा सकेर रित्तो हात फर्कनेको संख्या पनि उत्तिकै छ । शनिबार गीत गाउन आइपुगेकी राष्ट्रियसभाका सदस्य कोमल ओलीले समेत स्टलहरुमा स्थानीय उत्पादन नभएको भन्दै आयोजकको उछित्तो काटिन् ।

प्रकाशित मिति : २०७४, ३ चैत्र शनिबार  ८ : ०० बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको