२०८३, २९ जेष्ठ शनिबार

एमाले र माओवादी केन्द्रबाट थपिए मन्त्री, काभ्रे २ का सांसद गोकुल बास्कोटालाई सञ्चार राज्यमन्त्रीको जिम्मेवारी, को–को थपिए मन्त्री ?

एमाले र माओवादी केन्द्रबाट थपिए मन्त्री, काभ्रे २ का सांसद गोकुल बास्कोटालाई सञ्चार राज्यमन्त्रीको जिम्मेवारी, को–को थपिए मन्त्री ?


चैत्र २ काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार तेस्रो चरणको मन्त्रिमण्डल विस्तार गर्दै १७ सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन् । प्रधानमन्त्री ओलीले नवनियुक्त मन्त्रीहरुलाई आज साँझ सपथ ग्रहण गराएका छन् । आज विस्तार गरिएको मन्त्रीमण्डलमा ओली पछि संघीय प्रतिनिधिसभामा दोस्रो लोकप्रिय मत प्राप्त गरेका काभ्रे निर्वाचन क्षेत्र नम्बर २ का सांसद गोकुल बास्कोटालाई सञ्चार राज्यमन्त्री बनाइएको छ । स्रोतकाअनुसार उनलाई मन्त्रीमण्डलको बैठकमा सहभागी गराउने गरी राज्यमन्त्री बनाइएको हो ।

एमाले अध्यक्ष समेत रहेका ओलीले सरकारलाई सन्तुलित बनाउन नसकेको आरोप खोप्नु परेको छ । स्वयम् उनकै पार्टीका नेताहरुले प्रम ओलीलाई यस्तो आरोप लगाएका छन् । सात वटै प्रदेश समेटेर सरकार विस्तार गर्न असफल प्रधानमन्त्री ओलीद्वारा विस्तारित मन्त्रीमण्डलमा काँस्की र गुल्मी जिल्लाका दुई÷दुई सांसदलाई मन्त्री बनाएका छन् । गुल्मीबाट प्रदिप ज्ञवाली र गोकर्ण विष्ट मन्त्री भएका छन् । ज्ञवाली परराष्ट्र र विष्टलाई श्रम तथा रोजगार मन्त्री बनाइएको छ । त्यस्तै कास्कीबाट रवीन्द्र अधिकारी र जगत विश्वकर्मा मन्त्रीमा नियुक्त भएका छन् । अधिकारीलाई पर्यटन मन्त्रालयको जिम्मेबारी दिइएको छ भने विश्वकर्मा युवा तथा खेलकुद मन्त्री बनेका छन् । उनीहरु चारैजना एमालेबाट नियुक्त भएका हुन् । ओलीले सातै प्रदेशबाट स्वच्छ छवी बनाएका नेतालाई मन्त्री बनाउने बताएका ओली नेतृत्वको सरकारले सबै प्रदेशलाई न्याय गर्न भने सकेको देखिएको छैन । एमालेबाटै छानिएका अन्य मन्त्रीहरुमा रघुवीर महासेठ भौतिक पुर्वाधार, शेरबहादुर तामाङ कानुन मन्त्री बनेका छन् । यस्तै यसअघि जनसंख्या वातावरण मन्त्री बनेका लालबाबु पण्डितलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।


यसैगरी माओवादी केन्द्रले पार्टीबाट पाँचजना सांसद मन्त्री बनेका छन् । माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीर्को तर्फबाट मन्त्री बन्न पठाएकाहरुमा वर्षमान पुन उर्जा तथा जलस्रोतमन्त्री, गिरिराजमणि पोखरेल शिक्षा मन्त्री, शक्ति बस्नेतलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको छ । पोखरेल यसअघि शिक्षा र स्वास्थ्य मन्त्री भइसकेका नेता हुन् भने बस्नेत पूर्वगृहमन्त्री हुन् । यसैगरी चक्रपाणि खनाल कृषि तथा शहकारी र विना मगर खानेपानी मन्त्री बनेकी छिन् । प्रचण्ड प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार रहेका खनाल मन्त्री भएपछि जनार्दन शर्माको नाम काटिएको छ । कञ्चनपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित विना माओवादी अध्यक्ष प्रचण्डकी बुहारी हुन् ।

प्रकाशित मिति : २०७४, २ चैत्र शुक्रबार  ७ : ५८ बजे

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा

सीमादेखि संसदसम्म सरकार विवादमा, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वाधीनता, श्रमिक अधिकार र लोकतान्त्रिक

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बराल ले अर्थमन्त्री स्वर्णिम

प्रधानमन्त्रीको मौनता र अर्थमन्त्रीको धम्कीमाथि : केसीको आक्रोश

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले संसद्प्रति सरकारको