प्रहरीले गणेश लामालाई पेस्तोलसहित पक्राउ गरेको छ। काठमाडौंको गौशालामा रहेको पशुपति भिजन होटलबाट लामालाई प्रहरीले पेस्तोल र त्यसमा प्रयोग हुने ६ राउन्ड गोलीसहित पक्राउ गरेको हो ।
केही समय अगाडि उक्त होटलमा गोली चलेपछि प्रहरी त्यहाँ पुगेको थियो। प्रहरीले लामालाई गोली र पेस्तोलसहित पक्राउ गरेर गौशाला प्रहरीमा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको काठमाडौं परिसरका प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिए ।
प्रक्राउ परेका लामाले आफूलाई कसैले गोली हान्न आएको बेला उसको पेस्तोल खोसेको प्रहरीमा बयान दिएका छन्। प्रहरीले चाइनिज ५४ पेस्तोल र ६ थान गोली बरामद गरेको हो।
प्रतिक्रिया