२०८३, ७ कार्तिक शनिबार

फेरि थुनियो काठमाडौँ महानगरको ढल, दुर्गन्धले महामारी फैलिने त्रास

फेरि थुनियो काठमाडौँ महानगरको ढल, दुर्गन्धले महामारी फैलिने त्रास


काठमाडौं, २६ असार : काठमाडौँ महानगरपालिका र वडा कार्यालयले बागदरबारस्थित ढल निकासका लागि गरेको प्रयत्न असफल भएको छ । ढल थुनिँदा महानगरपालिकाको कार्यालय रहेको भवन र चाइना टाउनको भुइँतल फेरि डुबानमा परेको छ ।

महानगरपालिका र वडा कार्यालयले ढल निकासका लागि सोमबार डोजर लगाएर केन्द्रीय कारागारका प्रहरी बस्दै आएको दुई कोठे भवन भत्काएका थिए । भवन भत्काएपछि डोजरले खनेर ढलको पानीलाई निकास दिइएको थियो । तर खनेको ठाउँमा ह्युमपाइप नहालेका कारण मंगलबारदेखि फेरि ढल थुनिएको हो । सोही भवनका कारण ढल थुनिएपछि निकासका लागि भत्काइएको थियो ।

ढलको पानी थुनिएर दर्जनौँ कार्यालय र पसल रहेका भवनमा भुइँतला पोखरीमा परिणत हुँदा दुर्गन्ध फैलिएको छ । दुर्गन्धले महामारी फैलिने त्रास पनि बढेको छ । यो समाचार आजको नागरिक दैनिकमा श्याम राईले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, २६ असार बिहीबार  ७ : २४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना