२०८३, ४ असार शुक्रबार

तरकारीमा विषादी : स्वास्थ्य जोखिममा

तरकारीमा विषादी : स्वास्थ्य जोखिममा


काठमाडौं, २४ असार : तरकारी र फलफूलको गुणस्तर जाँच नहुँदा स्वास्थ्य जोखिममा परेको चिकित्सकले बताएका छन् । अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ । तरकारी र फलफूलमा विषादी जाँच गर्न पूर्वाधार नभएको जनाउँदै सरकारले निर्बाध रूपमा आयात गर्न दिने निर्णय जनस्वास्थ्यका दृष्टिले अपराधजन्य भएको चिकित्सकको दाबी छ।

विषादी प्रयोग गरिएका तरकारी एवं फलफूल खाँदा स्वास्थ्यमा दीर्घकालीन असर पर्ने चिकित्सक बताउँछन्। वरिष्ठ छातीरोग विशेषज्ञ डा. केदारनरसिंह केसीका अनुसार रासायनिक विषादी राखिएको तरकारी एवं फलफूल सेवन गर्दा छाती र टाउको दुख्ने, जिउ चिलाउने, बान्ता हुने, दिसा लागिरहने लगायतका समस्या देखिन्छ। लामो समयसम्म विषादीयुक्त तरकारीको सेवनले मुटु, फोक्सो, मिर्गौलालगायत संवेदनशील अंगमा क्षति पुग्ने केसीले बताए।

‘कलिलो उमेरमै हृदयाघात, मिर्गौला फेल र क्यान्सर हुनुमा विषादी हालिएको तरकारी एवं फलफूल सेवन पनि हो’, उनले भने। डा. केसीले विषादीको जाँच नगर्नु जनस्वास्थ्यका दृष्टिले जघन्य अपराध भएको बताए। जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने खाद्यवस्तुको निर्बाध बेचबिखन र उपयोग भइरहेको छ। तरकारी एवं फलफूलमा विषादीको मात्रा र अवस्था परीक्षण गर्ने विश्वसनीय संयन्त्र छैन। ‘एउटा लेबलभन्दा बढी विषादीको प्रयोग भएको छ भने स्वास्थ्यमा असर गर्छ। विषादीको मात्रा र युवा अवस्थामै कपाल फुल्ने, उच्च रक्तचाप र हर्मोनसम्बन्धी समस्या देखिएको छ’, श्वासप्रश्वास विशेषज्ञ डा. करवीरनाथ योगीले भने।

प्रकाशित मिति : २०७६, २४ असार मंगलबार  ६ : ५५ बजे

सिसी क्यामरा जडानले रोकिएका ति अपराध

सिन्धुलीको कमलामाई नगरपालिले नगरक्षेत्रका बिभिन्न चोक तथा जोखिम मानिएको सडक

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित