२०८३, १९ असार शनिबार

काभ्रे महोत्सव हेर्न आउने दर्शक निकै कम, स्टल आधाभन्दा बढी खाली

काभ्रे महोत्सव हेर्न आउने दर्शक निकै कम, स्टल आधाभन्दा बढी खाली


धुलिखेलमा चलिरहेको काभ्रे महोत्सवमा आधाभन्दा बढी स्टल खाली छन् । महोत्सवको चौथो दिनसम्म आइपुग्दा पनि १५० वटा स्टल घर मध्ये करिब ६० वटा मात्रै स्टलबाट मुस्किलले कारोबार भइरहेको छ । महोत्सवमा स्टलको जिम्मेवारी मंगला एमुजमेण्ड प्रा.लिले पाएको थियो । तर देशका अन्य ठाउँमा पनि महोत्सव चलिरहेकाले सबै स्टलबाट कारोबार हुन नसकेको प्रा.लिका निर्देशक दिपक न्यौपानेले बताए । “सबै स्टल बुकिङ भइसकेका छन्, उनले भने “तर धेरै ठाउँमा महोत्सव एकसाथ भएका कारण पसल आइपुगेका छैन्, एक, दुईदिनमा सबै स्टलमा पसल आइपुग्छन् ।”

महोत्सवमा धुलिखेलकै ब्यवसायीहरुले समेत खुलेर स्टल राखेका छैनन् । राखेकाहरुले पनि स्टलको बुकिङ धमाधम फिर्ता गर्न थालेका छन् । बनेपालाई त यो महोत्सवले आमन्त्रण गर्न समेत नसकेको अनुभूति हुन्छ महोत्सव स्थल पुग्दा । बनेपाका ब्यवसायीहरुको स्टल कहाँ छ भनेर खोज्दा पनि नभेटिने अवस्था छ । स्थानीय तहका प्रतिनिधिहरुको उपस्थिति निकै शुन्य जस्तै छ । धुलिखेल नगरपालिकालाई पनि आयोजकका रुपमा राखिएको छ तर कुनै अपनत्व उसले पनि गर्न पाएको छैन् । महोत्सव पुरै ठेक्कामा दिइएकाले आफुले खासै चासो नदिएको धुलिखेलका एक वडाध्यक्षले बताए । “यसरी ठेक्काको भरमा महोत्सव चलाउने हो भने त बार्षिक रुपमा धुलिखेल नगरपालिकाले नै ठेक्का दिएर चलाइ हाल्छ नि, ती वडाध्यक्षले भने “तर पनि नगरपालिकाले गर्नु जति सहयोग गरेकै छ ।

काभ्रे महोत्सवमा फेन्सी स्टललाई १५ हजार, अटो मोबाइल्सलाई २५ हजारका दरमा स्टल बिक्री गरिएको छ । त्यस्तै होटल ब्यवसायीका लागि ३० हजारको स्टल रहेको निर्देशक न्यौपानले जानकारी दिए । कृषि, घरेलु, पशु जस्ता जिल्ला भित्रै उत्पादन हुने बस्तुको समेत स्टल छैनन् । अहिले जेजति स्टल छन् ति सबै फेन्सी र भाडाकुडाका मात्रै छन् । “स्टलको सम्पूर्ण जिम्मा हामीले न्यौपाने जीको संस्थालाई दिएका हौ, महोत्सव मूख्य आयोजक धुलिखेल उद्योग वाणिज्यसंघका अध्यक्ष मञ्जुकुमार कोजुले भने “यसमा हाम्रो कुनै दोष छैन् ।”

महोत्सव चैत्र ३ गतेसम्म चल्नेछ । महोत्सव हेर्न आएका दर्शकहरु भने पर्याप्त स्टलहरु नभेटाउँदा खाली हात फर्खन बाध्य भएका छन् । दर्शकहरुले सास्कृतिक कार्यक्रममा रमाउन पाएपनि स्टलको संख्या भने निकै कम रहेको गुनासो गरे । “महोत्सवबाट आफुलाई चाहिने सर सामान र नयाँ, नयाँ प्राविधि पनि सिकिन्छ भनेर आएको, पाँचखालकी सरस्वती लामाले भनिन्,“तर यहाँ आउँदा सबै स्टल खाली रहेछ ।” शनिबार दर्शकको घुइँचो भएको दिन समेत नाम चलेका गायक गायिका ल्याउन नसकेको भन्दै दर्शकहरुले आयोजनाको आलोचना गरे ।

दर्शक नै छैनन्
काभ्रे महोत्सवको चौथो दिन बितिसक्दा शनिबार बाहेक अन्य दिन सुनसान जस्तै रह्यो । बुधबारबाट सुरु भएको महोत्सवमा शनिबार एकैदिन ३५ सय जना दर्शकले अवलोकन गरे । महोत्सव ब्यवस्थापनको जिम्मा पाएको मंगला एमुजमेण्ड प्रा.लिका निर्देशक दिपक न्यौपानेका अनुसार शनिबार ३५ सय दर्शकले महोत्सव अवलोकन गरेका हुन् ।

बिहीबार पनि सार्वजनिक बिदा थियो तर उक्त दिन पनि महोत्सव हेर्न आउने दर्शकको संख्या उद्घाटनको जस्तै कम थियो । विभिन्न सार्वजनिक बिदालाई लक्षित गरि आयोजना गरिएको भएता पनि आयोजकको ब्यवस्थापकिय कमजोरीले महोत्सवमा दर्शकको संख्या निकै कम हुन पुगेका धुलिखेल स्थानीय ब्यवसायीहरु बताउँछन् ।

महोत्सव स्थल प्रवदेशका लागि ६० रुपैयाँ टिकटको ब्यवस्था मिलाइएको छ । बृद्धबृद्धा, विद्यार्थी, अशक्त ब्यक्ति भने ४० रुपैयाँमै प्रवेश गर्न पाउने छन् । शनिबार सार्वजनिक बिदा भएकाले पनि बिदा मनाउन राजधानीदेखि धुलिखेल आएका समेत महोत्सव हेर्न पुगेका थिए । प्रदेश शुल्क पनि महँगो, महोत्सव स्थलमा राखिएका अधिकांश सरसामान महँगो भएको दर्शकहरुले प्रक्रिया दिएका छन् । बाहिर २० रुपैयाँ पाइने पानी भित्र ३० रुपैयाँ तिर्नुपर्छ । “सामान निकै महँगो लाग्यो, भकुण्डेबाट महोत्सव हेर्न आएका अर्जुन अधिकारीले भने “काभ्रे जिल्लामा सम्पन्न भएका यसअघिका महोत्सवमा यस्तो महँगी कहिल्यै देखेको थिइन् ।

प्रकाशित मिति : २०७४, २६ फाल्गुन शनिबार  ६ : २७ बजे

ओभरटाइममा ब्रेक लगाउँदै आयल निगम, प्रशासनिक कर्मचारीको सुविधा कटौती

काठमाडौं । नेपाल आयल निगममा वर्षौंदेखि विवादको विषय बन्दै आएको

बालेन सरकारको सय दिन असफल, संविधानदेखि अर्थतन्त्रसम्म सरकार चुकेको एमालेको निष्कर्ष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बालेन शाह नेतृत्वको

बैतडीमा यात्रुवाहक बस दुर्घटना, उद्धार कार्य जारी

बैतडी । धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुवाहक बस शुक्रबार दिउँसो

सय दिनमै सरकार घेराबन्दीमा, प्रतिशोध र अधिनायकवादको अभ्यास

काठमाडौं । सरकारको सयदिने कार्यकाल पूरा नहुँदै विपक्षी दलहरूले सरकारमाथि

मन्त्रिपरिषद्को निर्णयः नेपाल प्रहरीका ८ एआईजीको व्यापक जिम्मेवारी हेरफेर

काठमाडौं । सरकारले नेपाल प्रहरीका आठ जना अतिरिक्त महानिरीक्षक (एआईजी)