२०८३, १९ आश्विन मंगलबार

रेडियो नमोबुद्धको सद्भावपूर्ण भोजन (फोटो फिचर )

रेडियो नमोबुद्धको सद्भावपूर्ण भोजन (फोटो फिचर )


काभ्रे,असार ७ : काभ्रे लगायत आसपासका जिल्लाहरुकै पहिलो समुदायिक रेडियो सेवा, रेडियो नमोबुद्ध एफएम १०६.७ मेगाहर्जले शनिबार सद्भावपूर्ण ब्राम्हण भोजन कार्यक्रमको आयोजना गरेको छ । रेडियोले बनेपाको गोसाइथानमा रहेको नैमिषारण्य गुरुकुलका बटुकहरुसँग सद्भावपूर्ण ब्राम्हण भोजन कार्यक्रमको आयोजना गरेको रेडियोका स्टेसन म्यानेजर हिरामान लामाले जानकारी दिनुभयो ।

रेडियोको परीक्षण प्रसारण सुरु भएको दिनको अवसर पारेर रेडियोले सद्भावपूर्ण भोजन कार्यक्रमको आयोजना गरेको हो । सद्भावपूर्ण भोजन कार्यक्रमा नैमिषारण्य गुरुकुलका बटुक, नैमिषारण्य क्षेत्र विकास समितिका अध्यक्ष मुकुन्द शर्मा, रेडियो नमोबुद्धको संचालक समितिका अध्यक्ष भक्त स्याङतान र रेडियोका कर्मचारी सहभागि थिए ।

रेडियोले स्थापनाकाल देखिनै दनुवार, शेर्पा, माझी, जिरेल, ह्योल्मो, तामाङ र मगर लगायतका १२ प्रकारका जातजाति, भाषा, धर्म, भूगोल, क्षेत्रलाई समेटर कार्यक्रम र समाचार उत्पादन, प्रसारण गर्दै आएको छ । ‘शान्त, समृद्ध र समावेशी नेपालको बेग्लै आवाज’ भन्ने मुल नारा लिएर स्थापना भएको रेडियोले समाज रुपान्तराणका लागि विभिन्न सन्देशमुलक कार्यक्रमहरु समाजमा नै पुगेर गर्दै आइरहेको छ ।

फोटो

प्रकाशित मिति : २०७६, ७ असार शनिबार  ५ : ०९ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि