२०८३, १४ बैशाख मंगलबार

ऋण काढेर यार्सा टिप्न गएकाहरु निराश बनेर भारततर्फ

ऋण काढेर यार्सा टिप्न गएकाहरु निराश बनेर भारततर्फ


काठमाडौं, असार २: नलगाड नगरपालिका–९ का कालीबहादुर ध्यार केही ऋण र सापटी गरेर यार्सागुम्बा संकलन गर्न डोल्पाको पाटन पुगे । त्यहाँ रहँदा लगाउने कपडा, आवश्यक खाद्यान्न र प्रवेश शुल्कसमेत गरी १५ हजारभन्दा बढी खर्च गरे । गाउँबाट पाटनसम्म जान चार दिन लागेको बताउने ध्यार अहिले रितो हात फर्किएका छन् । उनी १३ जेठमा डोल्पा गएका थिए । डोल्पाको ठुलीभेरी नगरपालिका–६ रूपपाटनमा चार दिनसम्म यार्सागुम्बा खोज्दा पनि नपाएपछि फर्किएको ध्यारको भनाइ छ ।

नलगाड नगरपालिकाका मोती ध्यारको हालत पनि उस्तै छ । यार्सागुम्बा खोज्न डोल्पा गएका उनी पनि रितो हात फर्केको बताउँछन् । तीन वर्षअघि दुई सय १० वटा यार्सागुम्बा टिपेर दुई लाख १० हजार आम्दानी गरेका मोती यो वर्ष प्रवेश शुल्कबापतको रकमसम्म उठाउने यार्सागुम्बा नपाएपछि घर फर्केका छन् । उनले गाउँमा ऋण काढेर डोल्पाका पाटनमा यार्सागुम्बा खोज्न गएको बताए । उनका अनुसार डोल्पाका केही यार्सा पाटन स्थानीयले कब्जा गरेर बसेका छन् । बाहिरबाट जाने संकलनकर्तालाई प्रवेश गर्न दिइएको छैन ।

विगतमा जस्तो यो वर्ष यार्सागुम्बा नपाउँदा संकलनकर्ता निराश बनेका छन् । ऋण काढेर गएकाहरू ऋण नै तिर्ने रकम नउठ्दा निराश बनेको अर्का यार्सा संकलनकर्ता मोतीराम ध्यारले बताए । नयाँ पत्रिकामा हेमन्त केसीको समाचार छ ।

प्रकाशित मिति : २०७६, २ असार सोमबार  ८ : ०० बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले