२०८३, २९ श्रावण शनिबार

विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण सम्मेलन हुँदै

विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण सम्मेलन हुँदै


काठमाडौँ, २४ जेठ : त्रिभुवन विश्वविद्यालयले ‘विश्वविद्यालय शिक्षाको अन्तरष्ट्रियकरण’ विषयमा यही जेठ २६ र २७ गते अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । सम्मेलनमा पाठ्यक्रम र शिक्षण, अनुसन्धान र आविष्कार र उद्यमशीलता र व्यवस्थापन विधामा अलगअलग प्रस्तुतीकरण हुने छन् । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)सहित अमेरिका, बेलायत, फिनल्याण्ड र जापानका प्रसिद्ध विश्वविद्यालयका प्राध्यापकको सहभागीता रहनेछ ।

सम्मेलनबाट आएका सुझावलाई त्रिविको नीति निर्माणमा समावेश गरी कार्यान्वयनमा गरिने सम्मेलनबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइँयो । विश्वविद्यालयका रजिष्ट्रार प्रा डिल्लीराम उप्रेतीले विश्वविद्यालयको शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्न सम्मेलनले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “त्रिविको शैक्षिकस्तर माथि उकासिने र विश्वसामु यसको शैक्षिक उन्ननयनबारे थप जानकारी हुनेछ ।”

विश्व व्यापार संगठनका कारण विश्वविद्यालय शिक्षाको थप अन्तर्राष्ट्रियकरण हुँदै गएको छ । विश्वविद्यालयमा हुने अध्ययन अनुसन्धान खोजले आर्थिक समृद्धि प्राप्त गर्न र विश्वविद्यालयलाई विश्वस्तरमा उच्च स्थानमा पु¥याउन सहयोग पुग्ने विश्वास गरिएको छ ।त्रिभुवन विश्वविद्यालयले २० वर्षदेखि विदेशी विश्वविद्यालयहरुसँग सहकार्य गर्दै आएको छ । हालसम्म १६० विदेशी विश्वविद्यालय ÷शैक्षिक संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर गरी अनुसन्धान, शैक्षिक कार्यक्रम आदान प्रदान समेत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २६ गते सम्मेलनको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । रासस

प्रकाशित मिति : २०७६, २४ जेष्ठ शुक्रबार  ६ : ०७ बजे

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ

गगन थापामाथि मोहन बस्नेतको कडा प्रहारः ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापामाथि

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा आफ्नै विद्यार्थी प्रा.डा. विवेक बराल

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल