२०८३, ७ कार्तिक शनिबार

काम गर्दैछौं, नतिजा आउँदैछ : मन्त्री बाँस्कोटा

काम गर्दैछौं, नतिजा आउँदैछ : मन्त्री बाँस्कोटा


लमही, २४ जेठ: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विकास निर्माणको काम जारी रहेकाले अझै नकारात्मक टिप्पणी गर्ने अवस्था नआएको बताउनुभएको छ । दाङ तुलसीपुरमा जारी दुई दिने खानेपानी संस्था तथा समितिको व्यवस्थापन, खानेपानी आयोजना सञ्चालन व्यवस्थापन तथा सुरक्षा योजना सम्बन्धी अन्तक्र्रियामा मन्त्री बाँस्कोटाले भन्नुभयो, “भर्खरै विकास निर्माणका काम शुरु भएका छन्, अहिले नै नकारात्मक टिप्पणी गर्नेबेला भएको छैन् ।” उहाँले सरकारले गरेका कार्यको नतिजा पाँच वर्षभित्र आउने विश्वास दिलाउँदै भन्नुभयो, “तपाईहरु धैर्य गर्नुस्, पाँच वर्षभित्र सरकारले गरेका कामको नतिजा आउँछ ।”

उहाँले मुलकमा अब राजनीतिक लडाइँ सकिएको र गरीबी अन्त्यको लडाइँ शुरु भएको समेत बताउनुभयो । मन्त्री बाँस्कोटाले विकास निर्माणका काम अघि बढिरहेको भन्दै केही समय धैर्य राख्न आग्रह गर्नुभयो । सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री बाँस्कोटाले सन् २०२२ सम्म सबै नागरिकको घरमा पिउने पानी पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, सन् २०३० सम्ममा प्रशोधित स्वच्छ पिउने पानी पु¥याउने लक्ष्य रहेको समेत उहाँले बताउनुभयो ।

मन्त्री बाँस्कोटाले नेपाल जलस्रोतको दोस्रो धनी देश भएकाले स्रोतको समस्या नभएको तर आर्थिक, इच्छाशक्ति र काम गर्दा खुट्टा तान्ने प्रवृत्तिले यस्तो समस्या निम्तिएको समेत बताउनुभयो । उहाँले उपभोक्ता समितिका पदाधिकारी मन लागेमा १७ वर्षसम्म पनि एउटै पदमा बसिराख्ने गरेको भन्दै यो बिल्कुल गलत भएकाले आफू र आफ्नो समाज परिवर्तनमा लाग्नुपर्नेमा जोड दिनुभयो । मन लागेमा १७ वर्षसम्म पनि एउटै पदमा बस्ने तर योजना पूरा नगर्ने रु”, उहाँले भन्नुभयो, “यसले सबै मानिसलाई खानेपानीको पहुँचमा ल्याउने ठूलो समस्या पारेको छ ।”रासस

प्रकाशित मिति : २०७६, २४ जेष्ठ शुक्रबार  ५ : ५९ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना