२०८३, १४ बैशाख मंगलबार

काम गर्दैछौं, नतिजा आउँदैछ : मन्त्री बाँस्कोटा

काम गर्दैछौं, नतिजा आउँदैछ : मन्त्री बाँस्कोटा


लमही, २४ जेठ: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विकास निर्माणको काम जारी रहेकाले अझै नकारात्मक टिप्पणी गर्ने अवस्था नआएको बताउनुभएको छ । दाङ तुलसीपुरमा जारी दुई दिने खानेपानी संस्था तथा समितिको व्यवस्थापन, खानेपानी आयोजना सञ्चालन व्यवस्थापन तथा सुरक्षा योजना सम्बन्धी अन्तक्र्रियामा मन्त्री बाँस्कोटाले भन्नुभयो, “भर्खरै विकास निर्माणका काम शुरु भएका छन्, अहिले नै नकारात्मक टिप्पणी गर्नेबेला भएको छैन् ।” उहाँले सरकारले गरेका कार्यको नतिजा पाँच वर्षभित्र आउने विश्वास दिलाउँदै भन्नुभयो, “तपाईहरु धैर्य गर्नुस्, पाँच वर्षभित्र सरकारले गरेका कामको नतिजा आउँछ ।”

उहाँले मुलकमा अब राजनीतिक लडाइँ सकिएको र गरीबी अन्त्यको लडाइँ शुरु भएको समेत बताउनुभयो । मन्त्री बाँस्कोटाले विकास निर्माणका काम अघि बढिरहेको भन्दै केही समय धैर्य राख्न आग्रह गर्नुभयो । सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री बाँस्कोटाले सन् २०२२ सम्म सबै नागरिकको घरमा पिउने पानी पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, सन् २०३० सम्ममा प्रशोधित स्वच्छ पिउने पानी पु¥याउने लक्ष्य रहेको समेत उहाँले बताउनुभयो ।

मन्त्री बाँस्कोटाले नेपाल जलस्रोतको दोस्रो धनी देश भएकाले स्रोतको समस्या नभएको तर आर्थिक, इच्छाशक्ति र काम गर्दा खुट्टा तान्ने प्रवृत्तिले यस्तो समस्या निम्तिएको समेत बताउनुभयो । उहाँले उपभोक्ता समितिका पदाधिकारी मन लागेमा १७ वर्षसम्म पनि एउटै पदमा बसिराख्ने गरेको भन्दै यो बिल्कुल गलत भएकाले आफू र आफ्नो समाज परिवर्तनमा लाग्नुपर्नेमा जोड दिनुभयो । मन लागेमा १७ वर्षसम्म पनि एउटै पदमा बस्ने तर योजना पूरा नगर्ने रु”, उहाँले भन्नुभयो, “यसले सबै मानिसलाई खानेपानीको पहुँचमा ल्याउने ठूलो समस्या पारेको छ ।”रासस

प्रकाशित मिति : २०७६, २४ जेष्ठ शुक्रबार  ५ : ५९ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले