२०८३, ७ कार्तिक शनिबार

घटे हुवावेका ग्राहक

घटे हुवावेका ग्राहक


काठमाडौं, जेठ १७ :गुगलले विश्वकै सबैभन्दा दोस्रो ठूलो स्मार्टफोन निर्माण कम्पनी हुवावेको एन्ड्रोइड अपरेटिङ सिस्टमका अपडेट रोक्ने निर्णय गरेसँगै त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको छ ।

अमेरिकी नीतिसँगै नेपालमा हुवावे स्मार्टफोनको कारोबार निकै खस्किएको छ । बजारमा उपलब्ध हुवावेका सबै मोडेलको माग घटेपछि ग्राहकले अन्य विकल्प खोज्न थालेको व्यवसायी बताउँछन् । ‘हामी जवरजस्ती गर्न सक्दैनौँ, ग्राहकले रुचाएका ब्रान्ड बेच्ने हो, काठमाडौंस्थित न्यूरोडको पाकोस्थित के एण्ड के मोवाइल हवका सञ्चालक कैलाश कँडेलले भने–‘गुगल र अरु फङ्सन चल्दैन भन्ने समाचार आएपछि अहिले हुवावेको डिमान्ड छैन ।’

सो कम्पनीका ‘पी ३० प्रो’, ‘पी ३०’ र ‘पी ३० लाइट’ पछिल्ला मोडल हुन् । यी तीन मोडेलमध्ये सबैभन्दा बढी रुचाइएको पी ३० प्रो हो । डेढ साता अघिसम्म राम्रो माग रहेको हुवावेको ‘पी ३० प्रो’ मोडेल हिजो–आज ग्राहकले सोध्ने गरेपनि बिक्री हुन छोडेको उनले बताए । सामान्य मोवाइलसेटको तुलनामा ५० गुणा बढी जुमलेन्स क्यामेरा भएकाले सो मोडेल निकै रुचाइएको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रकाशित मिति : २०७६, १७ जेष्ठ शुक्रबार  ७ : ०३ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना